गजल

Read Time:42 Second

तारा थापा मगर










फर्कि अाउछु, स्वादेशमै दुख गर्छु काली 
तिम्रो हातको, खोले खाई पेट भर्छु काली 

यो प्रदेशको, घृणा तिरस्कार झेल्नु भन्दा 
हलो जुवा काधमा बोकी, खेत झर्छु काली 

बाझो बस्यो खेतबारी, पर्देश लागे देखि 
त्यही माट‍‍ो खनेर , अब धान छर्छु काली 

म तिम्रो साथमा भए पछि, परिअाएको 
अापत बिपतमा, बल्ल अघि सर्छु काली 

बिहाल छ पर्देश, न अारम न सन्टुष्त 
भोकै मर्न परे, जन्म भुमीमा मर्छु काली 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %