मिना थापा
रैंयाँसँग पुर्ण थापा मगर ‘सुगा’
४ फिट ५ ईन्च उचाई र ३४ के.जी.को वजनका साथ हाँस्य कलाकारको रुपमा २०५८ सालदेखि चलचित्र क्षेत्रमा मेरो अभिनय यात्राले निरन्तर रुपमा अघि बढ्दैछ । गुरुङ र मगरको विभिन्न चलचित्र गरि मैले अहिले सम्म ८ वटा चलचित्रमा अभिनय गरेको छु ।
मेरो आफ्नो कला निखार्ने क्रममा ८ वटा चलचित्रमा अभिनय गरेको छु । र, मैले कौरा सम्बन्धी डकुमेन्ट्री निर्माण गरिसकेको छु । रैंयाँ चलचित्रमा मैले व्यवसायिक कलाकारको रुपमा अभिनय गर्ने मौका पाएँ । समग्र रुपमा रैंयाँ चलचित्र सम्पुर्ण मगर दर्शकहरुलाई चित्त बुझ्दो बनेको छ— जस्तो लाग्छ । किनभने यो चलचित्रको स्क्रिप्ट र चलचित्र प्रदर्शन पश्चात यसले रैंयाँ (काँडे) बालाको महत्व बारे दर्शाएको छ ।
यो नै चलचित्रको सबै भन्दा राम्रो पक्ष हो ।
अन्त्यमा छरिएर रहेका मगरहरुलाई म के भन्न चाहन्छु भने एक चोटी रैंयाँ चलचित्र हेरेर चलचित्र र मेरो अभिनयको मुल्याँकन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । यहाँहरुको मायाले नै मेरो अभिनय यात्राको सफलताको बाटो खुल्दै आएको छ । मैले गरेको भुमिकाको बारेमा तपाईहरुसँग भएको भेटमा सुन्दा मैले गरेको भुमिकाले न्याय गरेको रहेछ भन्ने लागेको छ भने यो रैंयाँ चलचित्र अवलोकन गरेर पनि मेरो भुमिकाको बारेमा मुल्याँकन गरिदिनु होला ।
धन्यवाद ।
रैंयाँसँग मिन पुन
मेरो वजन १ सय २० केजी होला र म ६ फिट भन्दा अग्लो छु । मेरो बसाई पोखराको न्यूरोडमा हो । यसै क्रममा रैंयाँका निर्देशक मेजन भाञ्जाले रैंयाँ चलचित्रमा तपाईको लागि सुहाउँदो रोल छ गर्नु हुन्छ ? भन्नु भयो । गुरुङ चलचित्रमा अभिनय गर्ने म— आफ्नो समाजको चलचित्रमा किन नगर्ने यसर्थ मेरो रोल सम्बन्धी बुझ्न वहाँ सँग भेट भएँ । चलचित्रमा मेरो रोल मैले सोचे जस्तै मलाई एकदम सुहाउँदो पाएँ । यसर्थ के कसरी गर्ने, कस्तो प्रकारले कुन लोकेसनमा गर्ने भन्ने बारेमा वर्कसपमा बसेर छलफल गर्यौं ।
हङकङ र नेपाल गरि मैले अभिनय गरेको चलचित्रको संख्या ८ पुगेछ । तर मगर भाषा र मगर कथा वस्तुमा निर्माण भएको यो रैंयाँ चलचित्र मेरो जीवनमा पहिलो मगर भाषाको चलचित्र हो ।
जसमा म अमगर नेपाली भाषी डनको रुपमा अभिनय गरेको छु । चलचित्र प्रदर्शन पश्चात चलचित्रमा मैले गरेको भुमिकामा मलाई निकै सुहाएको जस्तो लागिरहेको छ । चलचित्र प्रर्दशन भएको स्थानमा पुगेर दर्शकसँग चलचित्र हेर्ने क्रममा दर्शकहरु खुशी भएको पाउँदा र चलचित्र सक्किए पछि गफ गर्न फोटो खिचाउन आउँदा मलाई एकदम खुशी लागिरहेको छ । मगर समाज विविधताको समाज भए पनि यो रैंयाँ चलचित्रले केही हदसम्म एक गराउने प्रयास गरेको छ भन्ने लागिरहेको छ ।
यसरी सबैले आफ्नो क्षेत्रदेखि आफुले सक्दो गर्ने हो । यो चलचित्र अवलोकन गरि माया गरिदिन हुन अनुरोध गर्दछु । धन्यवाद ।
फोटो: मेजन पूनमगर