टाइकण्डो खेलाडीहरुले भूकम्पपीडितहरुलाई सहयोग गरे

Read Time:3 Minute, 16 Second

-राम नाल्बो हङकङ

  हङकङ जुन १७,स्थानीय हङकङ मङककको  फयुन स्पोर्ट सेन्टर (fa yuen sport hall) सभाहलमा एभ्रेष्ट टाइकण्डो एकेडेमीको आयोजनामा एकेडेमीका अध्यक्ष, रास्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी  फाइभ डान रबिन कुमार नाल्बोको सभापतित्वमा विभिन्न खेलाडीहरुलाई अपग्रेडीङ (पदोन्नति) प्रमाणपत्र वितरण र गत महिना नेपालमा गएको भूकम्प पीडितहरुको लागि उठाइएको रकम हस्तान्तरण गरिएको छ ।

 सो सभाहलमा नेपाली, इन्डोनेसियन, भारतीय, चाइनिज आदि खेलाडी र दर्शकहरु गरी बृहत महिला र पुरुषहरुको उपस्थिति रहेको उक्त बिशेष कार्यक्रममा प्रमुख अतिथि वोल्ड टाइकण्डोफेडेरसनका ग्रेण्ड मास्टर वो जोङ्ग पील(कोरियन) द्धरा नेपालको भूकम्प पीडितहरुलाई व्यक्तिगत हङकङ डलर दश हजार र एभ्रेष्ट टाइकण्डोका मास्टर र खेलाडीहरुद्दरा आठ हजार नौ सय गरि जम्मा १८ हजार ९ सय (नेपाली रुपैयाँ २ लाख पचास हजार)एकमुस्ट नगद चुम्लुङका अध्यक्ष त्रिभुवन लुम्फुङवालाई बुझाइएको छ ।

तन्दुरुस्ती, शारीरिक ब्यायम, अनुशासन, स्वाभिमान, आत्मारक्षा आदि कुशल परिश्रमी खेलाडीहरुको निम्ति ई. स. २००७ सालमा स्थापित “एभ्रेष्ट टाइकण्डो एकेडेमी” हङकङमा अन्तराष्ट्रिय स्तरमा गोल्डमेडल जित्न सफल क्लब भनि लोकप्रिय मानिन्छ । जस्को विध्यार्थी संख्या मात्र हजार ज्यादा छ ।

हङकङ चुम्लुङको अध्यक्ष लुम्फुङवाले नेपालमा प्रकृति प्रकोप महाभूकम्पले पारेको पीडितहरुको पीडामा मलम लगाउने हेतुले किरात याक्थुङ चुम्लुङ हङकङले पनि विभिन्न व्यक्तिहरु र संघसंस्था संग रकम संकलन गर्ने क्रम जारिरहेकोले एभ्रेष्ट टाइकण्डो एकेडेमीका सम्पूर्णलाई धन्यबाद दिदै, यो भन्दा अगाडी हङकङमा इस्ट मित्र साथी भाई मार्फत चन्दा १० हजार डलर उठाई सकेको र यो समेत जम्मा २८ हजार ९ सय (नेपाली ३ लाख ८५ हजार रुपियाँ) जम्मा भैसकेको र चन्दा उठाउने क्रम जारि राख्दै यै जुन महिनाको अन्तिम सम्ममा जति भएको उठाएर  हङकङ चुम्लुङको एकजना प्रतिनिधि र नेपालको किरात याक्थुङ चुम्लुङ केन्द्र मार्फत भूकम्पपीडित क्षेत्रमा गइ राहत  वितरण गर्ने  निर्णय भएको जानकारी गराए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %