प्रमिला थापामगर
युएई १५ जुन :- नेपाल मगर संघ युएईले भूकम्प पिडित राहतको निम्ति, संघको केन्द्रीय कार्यालय नेपालमा रु १,०००००/- (रु.एकलाख) पठाएको छ |गत वैशाख १२ र त्यसपछि आएका विनासकारी भूकम्पले नेपालको विभिन्न जिल्ला एवं अधिकांस आदिवासी जनजाति वाहुल्यता रहेको ऐतिहासिक वस्तीमा पुरयाएको ठुलो धन-जनको क्षेतिप्रती संघले गहिरो दु:ख प्रकट गर्दै, उक्त त्रासदीपूर्ण भूकम्पले पुरयाएको विपतलाई थोरै भए पनि आफनो मात्रीसँस्था वाट नै राहत प्रदान गर्ने उदेश्यले, संघको केन्द्रीय कार्यालय काठमान्डौ नेपालमा, यहि जेष्ठ ३१ गते, काठमाडौँ कपन निवासी मगर विद्वान एवं लेक्चरर मित्र रानामगर मार्फत, संघको केन्द्रीय कार्यालय काठमान्डौमा, कोषाध्यक्ष राजेन्द्र थापामगर समक्ष रु.१,००००० /- रु.एकलाख रकम बुझाइएको हो |
भूकम्प पिडितलाई यसरी राहत रकम पठाउन पाएकोमा, खुसि व्याक्त गर्दै, संघकी अध्यक्ष शुशी पुलामी मगरले भनीन्, राहत संकलनको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने, संघकी कोषाध्यक्ष एवं भूकम्प उद्दार राहत संकलन समितिकी संयोजक प्रमिला थापा मगर र सदस्यहरु मिनु रानामगर, हेमा लुन्गेली मगर,लक्षमण बलाम्पाकी मगर, हस्त पुन मगरको उच्च प्रसंसा गर्दै, अधिकाम्स निम्न सेलारीमा काम गरेपनि, आफ्नो गाँस काटेर राहत संकल गर्न सहयोग पुरयाउनु हुने सम्वन्धित दाजुभाई तथा दिदि वहिनीहरुलाई संघको तर्फवाट हार्दिक धन्यवाद ज्ञापन गरीएको छ |