तेजश्वी र त्रिविक्रमलाई उपाधि

Read Time:3 Minute, 4 Second

मनोज घर्ती मगर

तेजश्वी गुरुङले ‘मिस एसएलसी नेपाल–२०१५’ को उपाधि जितेकी छिन् । गोस्पेल मल्टी मिडिया प्रालिले आइतबार पोखरामा गरेको प्रतियोगितामा वेष्ट क्याटवाक र वेष्ट सपोर्टिङ सब टाइटलसहित उपाधि जितिन् । बालकल्याण उच्च मावि पोखराकी तेजश्वीले ९ प्रतिष्पर्धीलाई पाखा लगाउँदा क्राउन र १० हजा पुरस्कार पाइन् । वेष्ट हेयरको सबटाइटलसहित गरिमा श्रेष्ठ फष्ट रनरअप, मिस व्युटीफूल, मिस पर्सनालिटी सवटाइटलसहित रिया शाही सेकेण्ड रनरअप भइन् । दिव्या गुङले मिस डिस्सिप्लिन, फरहिन बानुले वेष्ट स्किन, रुवी सापकोटाले वेष्ट स्माइल, बिनम राजभण्डारीले फोटोजेनिक उपाधि हात पार्दा प्रभा पौडेल मात्र उपाधिबिहीन भइन् ।

यस्तै त्रिविक्रम गुरुङले फोटोजेनिक सबटाइटलसहित ‘मिस्टर एसएलसी नेपाल–२०१५’ को उपाधि जिते । श्रीनारायण उच्च माविका त्रिविक्रमले पनि १० हजार पुरस्कार पाए । अशेष शाही फष्ट रनरअप र निश्चल पुन सेकेण्ड रनरअप भए । शाहीले टाइगर वाक तथा पुनले मिष्टर हेण्डशम तथा वेष्ट स्कीनको उपाधि जिते । निश्चल शर्मा र सुजाता बिकले क्रमशः मिष्टर एण्ड मिस ट्यालेण्टेड उपाधि हात पारे । शर्मालाई वेष्ट स्माइलको थप उपाधि दिइयो । रोशन केसीले वेष्ट सपोर्टिङ, तेज गुरुङले डिस्सिप्लिन, भुवन तिमिल्सिनाले पर्सनालिटी, प्रशान्त श्रेष्ठले वेष्ट हेयर उपाधि पाए । पोखरा सभागृहमा भएको विजेतालाई प्रमुख अतिथि समाजसेवी डा.प्रदुष पुन, आयोजक संस्थाका अध्यक्ष निरु पुनले पुरस्कारस्वरुप नगद, ट्रफी, क्राउन साथमा गिफ्ट ह्याम्पर हस्तान्तरण गरे । प्रतियोगितामा श्रीमान थुलुङ, सुशील कोइराला, चन्द्रकान्त पौडेल, ज्योति राना निर्णायक थिए । एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभा प्रष्फुटन तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ आयोजित सो प्रतियोगितामा सहभागीलाई झण्डै एक महिनासम्म विभिन्न तालिममा सहभागी गराइएको अध्यक्ष निरु पुनले बताइन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %