मगर महिला र युवाले गरे अनाथ तथा असहाय वालवालिकालाई सहयोग ।

Read Time:1 Minute, 59 Second

गोविन्द घर्ती ,रुपन्देही, जेठ ३०

नेपाल मगर महिला संघ र नेपाल मगर युवा संघ देवदह नगर समितिले मायादेवी अनाथ तथा असहाय वालवालिका संरक्षण केन्द्र देवदह–९ वंगालीका वालवालिकालाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

नेपाल मगर महिला संघ र नेपाल मगर युवा संघ देवदह नगर समितिले संयुक्त रुपमा एक कार्यक्रमका वीच वालवालिकालाई खाद्यान्न सामाग्री वितरण गरेको हो । चामल, गहु, आटा, दाल, तेल, चाउचाउ, विष्कुट, नुन लगायतका करिव २५ हजार बरावरको खाद्यान्न सामाग्री केन्द्रका अध्यक्ष अम्विका प्यासीलाई प्रदान गरिएको संघका सचिव दिलमाया सिंजालीले बताए । केन्द्रमा रहेका असहाय वालवालिकालाई थोरै भएपनि राहत पुगोस भन्ने उद्देश्यका साथ खाद्यान्न सामाग्री प्रदान गरिएको मगर युवा संघका नगर अध्यक्ष विनोद थापामगरले बताए ।

मगर महिला संघ देवदह नगरसमितिका अध्यक्ष उमाया थापाको अध्यक्षतामा भएको खाद्यान्न वितरण कार्यक्रममा नेपाल मगर संघका जिल्ला सदस्य हुमबहादुर डिसुवा, मगर महिला संघका जिल्ला सदस्य शोभा थापा, नेपाल मगर युवा संघ देवदहका अध्यक्ष विनोद थापा, हिमाल सारु, पदम हुन्चुङ्ग लगायतले आ–आफना भनाई राखेका थिए । संघका सचिव दिलमाया सिंजालीले कार्यक्रम संचालन गरेकी थिईन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %