तारा थापा मगर
बस्ने सानो झुपडी छ, त्यसलाई टाल्ने गर्छु,
गोठालो हु म, बस्तु भाउको मल फाल्ने गर्छु ।
उकाली ओराली गर्छु म, काधमा भारी बोक्दै,
नाङ्गो पैदल टेक्दै, ढुँगा माटो चाल्ने गर्छु ।
वर्षा झरी पर्दा खेरी, पेट भोको राख्नु पर्छ,
पकाउने मेरो ग्यास छैन, दाउरा बाल्ने गर्छु ।
गरिबी जीवन के नै छ ? अन्धकार बाहेक,
घाम ढल्के पछि, अधेरीमा रात गाल्ने गर्छु ।
छैन खेतबारी, पशिना बगाएर खाउ भने,
भ्याकुर गिठ्ठा, सिस्नु खोले खाई पेट पाल्ने गर्छु ।।