रुपन्देहीमा तिलोत्तमा गोल्डकपको माहौल

Read Time:3 Minute, 22 Second

कमल चौधरी

बुटवल, १८ औं तिलोत्तमा गोल्डकपले अहिले बुटवल मात्र नभएर  नेपालकै फुटबललाई तताएको छ ।

 

मुलुककै पुरानो तथा निकै चर्चित यस फुटबल प्रतियोगिताले फेरी एक पटक चर्चा पाएको छ । खेलप्रेमी दर्शकहरु प्रचण्ड गर्मीको बावजुत पनि ओइरो लागेका छन् । बुटवलको एन्फा एकेडेमी देविनगरमा १८ गते सोमबार देखि सुरु भएको यो प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता जेठ २५ गतेसम्म चल्ने छ । नेपाल र भारतका गरी कुल ८ टिम सहभागी रहेको यस  प्रतियोगितामा  विजेता टिमलाई रु. ३ लाख ७५ हजार १ सय ११ तथा उपविजेता टिमलाई रु. २ लाख ५० हजार १ सय ११ प्रदान गरिने आयोजकले जनाएको छ । ५ जना उत्कृष्ट खेलाडीलाई नगड रु १५ हजारको दरले प्रदान गर्ने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ केसी –कुमार) ले जानकारी दिए ।

तिलोत्तमा नगरपालिका –१ निवासी २३ बर्षिय शुसिल गुरुङ्गले तिलोत्तमा गोल्डकपले केटाकेटी, युवा युवती देखि बृद्ध सवैको मन जित्न सफल भएको बताउँछन् । उनले प्रचण्ड गर्मीको प्रवाह नगरी आफू प्रायःजसो सबै खेल हेर्न गएको बताए । गुरुङ्ग जस्तै धेरै बलवालिका, युवायुवातीहरु ल्गायत फुटबलप्रेमीहरु अहिले खेल हेर्नमा व्यस्त छन् ।

यसरी पछिल्लो समयमा देश भुकम्पमय भएको अवस्थामा यस किसिमको ठूलो प्रतियोगिताले केही मात्रामा भए पनि  मनोवैज्ञानिक रुपमा मानिसहरुमा रहेको डर, त्रासलाई केही हदसम्म कम गर्न सफल भएको छ ।  यसका साथै रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष केसीका अनुसार प्रतियोगिताबाट उठेको आम्दानी रकम खर्च कटाएर सबै भूकम्पबाट प्रभावित विद्यालय, विद्यार्थी लगायत भूकम्पपिडितहरुको सहयोगमा खर्च गरिने समेत बताउनु भयो । प्रतियोगिता हेर्नका लागि सामान्य प्यारापिटतर्फ १०० तथा रंगशालातर्फ २०० का दरले टिकटर तोकिएको रुपन्देही जिल्ला फुटबल संघका महासचिव लोक पुनले बताउनुभयो । त्यस्तै सिजनल टिकटको दर १००० राखिएको समेत पुनले जानकारी दिए ।

यस खालको प्रतियोगिताले बुटवलको मात्रै नभएर रुपन्देही जिल्लाकै प्रतिष्ठालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने हुँदा सबैले आफूले सकेजति सहयोग गरेर प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन जिल्ला फुटबल संघका अध्यक्ष केसीले आग्रह समेत गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %