लोकतान्त्रिक जनमुक्तिलाई निर्बाचन आयोगको मान्यता

राज्यसत्ता ब्युरो,

  काठमाण्डौ , जेठ २४-एम, एस थापा अध्यक्ष रहेको राष्ट्रिय जनमुक्ति पार्टीबाट समानुपातिक सभासद रहेका दुबै सभासद शिबलाल थापा र सिमा बिकेले पार्टी परित्याग गरी दर्ता गरेको नया पार्टी राष्ट्रिय जनमुक्तिपार्टी (लोकतान्त्रिक) नेपाल लाई निर्बाचन आयोगले मान्यता दिएको छ ।

सभासद शिबलाल थापा र सिमा बिकले २०७१ साल फागुन ३ गते राष्ट्रिय जनमुक्तिपार्टी परित्याग गरी शिबलाल थापाको अध्यक्षतामा बैठक बसी नया पार्टी गठन गरेका थिए । फागुन १९ गते सबिधान सभालाई नया दल गठन गरेको जानकारी गराएका उनीहरुले सोही दिन निर्बाचन आयोगमा पुगी नया दल दर्ताको निबेदन दिएका थिए ।

लोकतान्त्रिक नेपालले नया दल दर्ताको निबेदन दिएपछि एम, एम थापा अध्यक्ष रहेको राष्ट्रिय जनमुक्ति पार्टीले पनि नया पार्टी दर्ता नगरिदिन निर्बाचन आयोगमा र संबिधान सभामा आग्रह गरेका थिए । तर यही जेठ १४ गते लोकतान्त्रिक नेपालका केन्द्रिय समिति र एम, एस, थापा अध्यक्ष रहेको राष्ट्रिय जनमुक्ति पार्टीलाई पनि निर्बाचन आयोगमा बोलाएर नया दल खारेज गरी पाम भनी एम,एस थापाले दिएको निबेदन खारेज गरीदिएपछि अन्ततह लोकतान्त्रिक नेपालले निर्बाचन आयोगबाट नया दल दर्ताको मान्यता पाएको हो ।

लोकतान्त्रिक नेपालले नया दलको मान्यता पाएपछि अब एम,एस थापा अध्यक्ष रहेको राष्ट्रिय जनमुक्ति पार्टी सभासद बिहिन हुन पुगेको छ । भर्खर नया पार्टीका मान्यता पाएका लोकतान्त्रिक नेपालका अध्यक्ष शिबलाल थापाले गोरेबहादुर खपाङ्गी अध्यक्ष रहेको लिबिरल डेमोक्राटिक पार्टी संग पनि एकता हुने संभाबना बढी रहेको जानकारी दिए ।

एम, एस थापा तिरका अधिकांशजिल्ला समिति र संघिय परिषद सदस्यहरु पनि राजमुपा(लोकतान्त्रिक) नेपालमा समाहित हुने बढि संभाबना रहेकाले यदि ५१ प्रतिशत पुगेमा चुनाब चिन्न र झण्डा पनि पुरानै पार्टीको राखी पार्टी अध्यक्ष शिवलाल थापा बन्ने र नया पार्टी खारेज हुने छ ।