पर्यटक बोलाउन संगीतको सहारा

Read Time:6 Minute, 44 Second

मनोज घर्तीमगर

तस्वीर : युनुश गुरुङ/जक्सन डटकम

गुल्जार लेकसाइड भैंचालोपछि सुनसान छ । जता गयो उतै ठोक्किने पर्यटकको बिउ भेटिनै मुस्किल । छिटफुट भेटिने नेपाली पनि हराइसके ।

 

व्यापार शुन्य भएपछि व्यवसायी अत्तालिए । कर्मचारीलाई तलब खुवाउन नसकेपछि बचेको बिदामा घर पठाए । केहीले कटौती गरे । तैपनि यहाँको पर्यटन व्यवसाय मुर्झाउने संकेत देखिएन । पर्यटनसँग सम्बन्धित गतिविधि शुन्य भएपछि व्यवसायी एक भएर होटेल, ट्रेकिङ, प्याराग्लाइडिङ, रेष्टुरेन्ट, पर्यटक बस, बञ्जिजम्प, जिप फ्लायएर, अल्ट्रालाइट लगायतमा १५ देखी ५० प्रतिशतसम्म छुटको घोषणा गरे । पर्यटक तान्न रोजिएको यो उपायले खासै काम गरेन । भैंचालोले चर्किएको धेरैको मन पोखरा फर्किएन ।

व्यवसायीले सामाजिक संजालमार्फत पोखरा सुरक्षित भएकाले देशीविदेशीलाई घुम्न आउन निम्ता गरिरहेका छन् । पत्रपत्रिकामा सन्देश दिएकै छन् । तैपनि धेरैको त्रसित मन तंग्रिन सकेको छैन । मनमै भैंचालो गएपछि घुमघाममा दिल नजानु स्वभाविकै हो । जे जसो गरे पनि जोर चलेन । त्यसपछि व्यवसायीले नयाँ उपाय पैल्याए, पर्यटक बोलाउन संगीतको सहारा लिने । शनिबार भव्य सांगीतक कन्सर्ट गर्दा लेकसाइड गुञ्जायमान भयो । कलाकारसँगै रमाए हजारौं, जाग्यो पोखरा । शुक्रबार हुने भनिएको कन्सर्ट मौसमी खराबीका कारण शनिबार सारिएको थियो ।

भूकम्पले धर्मराएको व्यवसाय उठ्नुपर्छ । चर्किएको मन टाल्नुपर्छ । भत्किएका संरचनाहरुलाई फेरी बनाउनुपर्छ । विनासलाई विकास गर्ने अवसरका रुपमा लिनुपर्छ । गीतसंगीतको माध्यमबाट यस्तै सन्देश दिए, कलाकारहरुले । भत्किएको नेपाली मनलाई टाल्ने कोशिस गरे उनीहरुले संगीतमार्फत नै । भैंचालोपछि थिलथिलो बनेको पर्यटनलाई उकास्न बनाइएको पोखरा पर्यटन पुर्नजागरण समिति (पिटिआसरी) को आयोजनामा भएको बृहत सा“गीतिक कन्सर्टमा देशका चचिर्त ब्याण्ड र गायकगायिकाहरुले आआफ्नो कला प्रस्तुत गरे । अरु सेलिब्रेटिहले पनि उपस्थितलाई मन दरो बनाएर नया“ नेपाल निर्माणमा जुट्न आह्वान गरे । ‘पुर्नजागरणका लागि संगीत’ नाम राखेर गरिएको कन्सर्टलाई पोखरेलीले भरपुर साथ दिए ।

कन्सर्टका विशेष अतिथि थिए, महानायक राजेश हमाल । श्रीमती मधु भट्टराईको साथमा आएका राजेश सुरुवातमै स्टेज उक्लिए । ‘भूकम्प आउनु थियो, आयो । अब डराएर बस्ने मात्र होईन । नियमित काममा पनि फर्किनुपर्छ’ राजेशले प्राकृतिकभन्दा मानवीय गल्तीले धेरै क्षति भोग्नुपरेको स्मरण गराए, ‘भूकम्पले मान्छे मारेको होइन । हाम्रै संरचनाले क्षति भएको हो । त्यहि भएर सचेत हुने बेला आएको छ ।’ भूकम्पकको असर कम गर्न यस्ता सांगीतक कार्यक्रमम जरुरी रहेको बताउँदा पोखरेलीले सहमतिको तालि बजाए । 

लगत्तै सदाबहार गायक रामकृष्ण ढकाल ‘बिहान उठ्ने बित्तीकै हिमाल देख्न पाईयोस’ बोलको गी गाउँदै स्टेजक उक्लिए । हातमा राष्ट्रिय झण्डा लिएर उनले गीत सबैजना शान्त मुद्रामा देखिए । प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेबी कोईरालास“गै जेम्स प्रधान, धर्मेन्द्र सेवान, प्राश्ना शाक्य, आस्था राउत, अभय एण्ड स्टिम इन्जसको टिमले पुर्नजागरणको सो“च जगाउने खालको गीतहरु प्रस्तुत गरे । कन्सर्ट चल्दै गर्दा भिषण वर्षा भयो, तैपनि पोखरेलीले कन्सर्ट स्थल छाडेनन् । कन्सर्टमासहभागि कलाकारले एकाध चुलबुले गीत गाए पनि राष्ट्रिय भाव सहितका गीत तथा संगीतमा बढी जोड दिए ।

‘मनोरञ्जनात्मक भन्दा पनि राष्ट्रिय भावले ओतप्रोत सांगितिक कार्यक्रम गरेर पोखरालाई सक्रिय बनाउन खोजेका हौं’ पिटिआसरीका इभेन्ट संयोजक गोपि भट्टराइले कन्सर्ट गर्नुको कारण खुलाए, ‘संगीत र कलाको माध्यमबाट पोखराको पर्यटन क्षेत्र उकास्न फिल्मकर्मीदेखि कलाकार झिकाएका हौं ।’

कन्सर्टमा नेपालको झण्डा र पूर्नजागरणका लागि संगीत लोगो अंकित टिसर्ट लगाएका युवायुवती उल्लेख्य सहभागिता थियो । पोखराका पर्यटन व्यवसायी सम्मिलित पिटिआरसीले यहाँको पर्यटन क्षेत्रलाई पुरानै लगयमा फर्काउन भैचालोपपछि पूनरुत्थानका विभिन्न कार्यक्रम गरिरहेको छ । योगशिविर,  क्षमापूजा गरेका व्यवसायीले सांगीतक कार्यक्रमको सहारा लिएको हो । पिटिआरसी संयोजक गणेश भट्टराईले पोखरामा यतिबेला पर्यटक शुन्य भएकाले अहिलेको डर त्रास कम गर्न यस्ता कार्यक्रम जरुरी रहेको बताए ।

‘अब अरु प्रवद्र्धनात्मक गतिविधि चलाउने तयारी छ’ पोखराको पर्यटन क्षेत्रलाई मुर्झाउन गरिने योजना सुनाए,‘कुनै बेला जाउँ है पोखरा कार्यक्रम सुरु गरेर पर्यटनलाई माथि उठाएको थियो । अबै देशविदेशमा फेरी एक पटक त्यस्तै अभियान चलाउने आवश्यक छ ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %