भैंचालो पीडितलाई ‘म्याक्सिमल कन्सेप्ट’ २३ लाख सहयोग

Read Time:2 Minute, 13 Second

मनोज घर्तीमगर

  हङकङको ‘म्याक्सिमल कन्सेप्ट’ नामक नेपालीहरुको संस्थाले विभिन्न ठाउँका भैंचालो पीडितलाई नगद र जिन्सी गरि २३ लाख सहयोग गरेको छ ।

म्याक्सिमलले लमजुङ चिती बजारखुट्टाका भैंचालो पिडित ३४ घर परिवार, लमजुङकै पाचोक, ढोडेनी, खुदी र लमजुङकै विभिन्न सरकारी विद्यालयहरुका त्रिपाल, चामल लगायत १२ लाख बराबरको सहयोग गरेको म्याक्सिमल कन्सेप्टका ब्यवस्थापक अमृत गुरुङले जानकारी दिए ।

यसअघि पनि म्याक्सिमल कन्सेप्टले गोरखाको थुमी पुगेर राहत वितरण गरेको थियो । थुमीमा १ सय घर परिवारलाई आवश्यक त्रिपाल, कम्बल, म्याट्रेस, चामल, नुन, तेल, चाउचाउ र औषधी वितरण गरेको म्याक्सिमल कन्सेप्टका प्रतिनीधि आशिक गुरुङले बताए । उनका अनुसार म्याक्सिमलले करिब ११ लाख रुपैयाँ नगद सहयोग गरेको थियो ।

‘अब दीर्घकालिन रुपमा पिडितलाई पुर्नस्थापना हुने गरि सहयोग गर्नेछौँ म्याक्सिमलका आशिक गुरुङ भन्छन,‘त्यसको लागि हङकङमा सहयोग संकलन अभियानलाई संचालन गर्नेछौँ ।’ हङकङमा नेपालीहरुबीच सहयोग रकम जुटाउनका लागि बिमल गुरुङले स“योजकत्व गरेका थिए । उनको सँयोजनमा संकलित रकम नै कास्की रेडक्रसमार्फत वितरण भएको हो ।

राहत वितरण अन्तरगत यो टोलीले छुट्टाछुट्टै ठाऊँमा गरेर २ सय ६० वटा त्रिपाल, १ सय ३० बोरा चामल, १ सय ३० वटा कम्बल, १ सय ३० वटा म्याट्रेस, १ सय ३० प्याक चाउचाउ, १ सय ३० केजी तेल र नुन बा“डिसकेको छ ।

तस्वीर : भुपाल कुमार गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %