इनरुवा , ६ माघ
सुनसरीको दुई विद्यालयमा एकसाथ तलावन्दी भएको छ । शिक्षक आवश्यकता र शिक्षक नियुक्तिको विषयलाई लिएर सुनसरीको मधुवन गावीस स्थित रहेको जनता उच्च माध्यमिक विद्यालय र भोक्राहा गावीसको जनता प्राविमा स्थानीय तथा विधार्थीहरुले तलावन्दी गरेका हुन् ।
सरकारी विधालयहरुमा शिक्षक नियुक्ति गर्दा विधालय व्यवस्थापन समिति र प्रधानाध्यापक मिलेर अनियमित तरिकाले गर्ने गरेको आरोप आईरहेको समयमा सुनसरीको यी दुई विधालयमा एकसाथ तलावन्दी भएको छ । मधुवनको विद्यालयमा विद्यालयमे जनसंख्या र समाजिक शिक्षाको शिक्षकको आवश्यक रहेकोमा प्रधानाध्यापक र विधालय व्यवस्थापन समितिको अध्यक्ष मिलेर गणित शिक्षकको आवश्यकता आहवानको सुचना गरको भन्दैं हिजोवाट तलावन्दी गरको छ । तलावन्दीका कारण विद्यालयको पढाई प्रभावित भएको छ । जिल्लाको अधिकाशं विद्यालयमा प्रधानाध्यापक र विधालय व्यवस्थापन समितिको अध्यक्ष मिलेर अनियमित तवरले नियुक्ति गरिरहेको आरोप समेत आईरहेको छ । यता भोक्राहा गाविसको जनता प्राविमा वुधवार शिक्षक नियुक्तिमा अनियमितता गरेको भन्दैं स्थानीय ब्यतिmहरुले विहीवार विद्यालयमा तलावन्दी गरेको हो ।