कोसीपीडितलाई ९४ करोड बाँडियो

    काठमाडाँ, २१ असोज

गृह मन्त्रालयले सप्तकोसी बाढी पीडितहरुको राहतका लागि जिल्ला दैवी प्रकोप उद्धार समिति

सुनसरीलाई रु एक अर्ब ६० करोड पठाएको छ ।

    गृह मन्त्रालयका सहप्रवक्ता प्रल्लाद पोख्रेलका अनुसार सो रकममध्ये हालसम्म रु. ९४ करोड ५३

लाख १६ हजार ६३० पीडित परिवारलाई वितरण गरिसकिको छ । उक्त वितरित रकमबाट पाँच हजार

७५३ जग्गाधनी लाभान्वित भएका छन् ।

    उक्त रकम घरजग्गा र बालीबापतको क्षतिपूर्ति तथा वेघरवारका लागि जग्गा खरिदमा खर्च

भएको मन्त्रालयले जनाएको छ ।

    विसं २०६५ भदौ २ गते सप्तकोसीको बाँध भत्किई आएको बाढी एवं डुबानबाट सुनसरी जिल्लाका

विभिन्न गाउँ विकास समितिका बस्तीहरु प्रभावित भएका थिए ।

रासस