राम नाल्बो (छबिलाल)
हङकङ, मे २४- नेपाली पोषाकका साथ राष्ट्रिय झण्डा र गौतम बुद्धका तस्बिर साइकलमा बोकेर सन् २००४ देखि विश्व भ्रमणमा घरदेश नेपालबाट निक्लिएका विश्व साइकल यात्रीहरु लोकबन्धु कार्की र जनार्दन खनाललाई स्थानीय जोर्डनको फुलबारी क्लबमा कटकपुर झापा बासीले भब्य सम्मान र स्वागत गरेको छ ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुम्फुङवाको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा प्रशंसा पत्र, फूलका गुच्छा, खदा र मायाको सौगातहरुले द्दय विश्व साइकल यात्रीहरुलाई सम्मान गरिएको थियो । उक्त समारोहमा हङकङका जेष्ठ बुद्धिजिबी एबं समाजसेवी मान बहादुर नाल्बो, नेपाली आर्टस एण्ड कल्चर सोसाइटिका अध्यक्ष नन्द चंसु, समाजसेवी एबं तेह्रथुम मञ्चको सल्लाहकार पृथ्बी इङनाम, ताप्लेजुङ सिकैचाका पुर्ब प्रधानाध्यापक एबं बुद्धिजीवी शेर बहादुर लक्समलाई अतिथिको आशनग्रहण गराइएको थियो ।
“दिगो शान्ति र सच्चा मानवता सबले बुझौ” । त्यस्तै “हिमाल पहाड तराई, कोहि छैन पराई”, “पुर्ब मेची पश्चिम महाकाली, मातृभूमिका हामी सबै एकै नेपाली” आदि नाराहरु बोकेर हिंडेका द्धय विश्व साइकल यात्री नायकहरुले विश्व यात्राका क्रममा अमेरिका, अफ्रीका, देखि एशिया महादेश सम्मका विभिन्न मुलुकहरु हुंदै आज सम्म ११४ वटा राष्ट्र घुमिसकेको, र पुन २०१७ सम्मै सबै राष्ट्र पुगिसक्ने लक्ष्य लिएको, यात्राका क्रममा जीवनका केहि तिता, मिठा, पिरा अनुभुतहरु सुनाएका थिए ।
साढे १० बर्ष अघिदेखि निरन्तर विश्व भ्रमणमा हिंडिरहेका साइकलबाजहरु कार्की र खनालले “हामीहरु कुनै व्यक्तिगत, महत्वकांक्षा, स्वार्थ बोकेर या लोभले हिंडेका कदापी होइनौं, हामि केवल माटोको माया गर्दै सगरमाथा र गौतम बुद्ध हाम्रो हो भनेर प्रत्येक मुलुकलाई चिनाउन प्रचारमा हिंडेका हौं । हरेक देशको हरेक भूभागमा छरिएर रहनुहुने तपाईहरुको सहयोग र सत्भाबलेनै हाम्रो मार्ग यात्रा सफल हुनेछ” भन्दै सम्मान र भेटघाटको आयोजना गर्नुहुनेहरु प्रति अत्यन्त आभारि हुदै प्रत्येक सहयोगी मनका धनिहरु सबैलाई मुरी मुरी धन्यबाद दिईएको थियो ।
हङकङका साहित्यकार, समाजसेवी, महिलाहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको संचालक बिश्व नेपाली साहित्य महासंघ हङकङका अध्यक्ष एबं कबि चन्द्र मादेन “आन्छन्”ले गरेका थिए । अधिकांस उपस्थितीहरुले द्धय विश्व साइकल यात्रीहरुलाई सानो सहयोग पुग्ने हेतुले दुइसय, पाँचसय, र हजार डलर खाममा हालेर दिइएका थिए ।