भैंचालो पीडितलाई सहयोग गर्न फिल्म प्रर्दशन

Read Time:1 Minute, 54 Second

मनोज घर्तीमगर

पोखरा, नारीप्रधान मगर कथानक नेपाली फिल्म ‘रैंयाँ’ पोखरामा पहिलो पटक प्रर्दशन भएको छ ।

भैंचालो पीडितको सहयोगार्थ पोखरा सभागृहमा शनिबार रैंयाँ प्रर्दशन भएको हो । पर्यटकीय नगरी पोखरा, म्याग्दी, तनहुँ, स्याङ्जा लगायतका क्षेत्रमा छायांकन गरिएको फिल्मले मगर महिलाको परम्परागत गहनालाई ‘रैंया’ लाई जीवन्तता दिने प्रयास गरिएको छ । दुवै हातमा लगाउँने काँडे बाला (रैंया) हातको शोभा बढाउने मात्रै होइन, आपतविपतमा हतियारको समेत काम गर्ने विषयलाई रोचक तरिकाले फिल्ममा उतारिएको निर्देशक मेजन पुनमगरले बताए ।

मगर समुदायमा छोरीलाई आठदेखि दस बर्षभित्र आमाले गुन्यूचोली,  रैया (बाला) र घलेक दिनैपर्ने सँस्कार छ । यही विषयलाई केन्द्रमा पारी बनाइएको फिल्ममा दुई नयाँ अनुहारका अशोक मगर प्रिया मगर मुख्य भूमिकामा देखिएका छन् । मगर फिल्मको पहिलो नायक राज थापाको समेत अभिनय रहेको फिल्ममा हर्क आलेको कथा छ । हर्क मगरको कथा रहेको फिल्मको निर्माता तारामाया मगर र हर्क मगर हुन भने डकुमेन्ट्री मेकर भिमबहादुर रानाको सहनिर्देशन छ ।

पोखरामा शो गरिएको फिल्म तनहुँ दमौलीमा जेठ ९ गते, साँघुमा १५ गते, थर्पुमा १६ गते र तनहुँकै खैरेनीटारमा २३ गते प्रदर्शन गरिने निर्माता तारामाया थापा मगरले जानकारी दिइन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %