२५५९औु बुद्ध जयन्तिको शुभवसरमा बेलायत पाल्नु भएकी बुद्ध धर्म गुरुआमा क्ष्यान्तिवती (देवकुमारी पुन मगर )बाट बेलायतका बिभिन्न शहरहरुमा बुद्ध धम्मदेशनाका साथ शान्ती पूजा हुँदै छ ।
राज्यसत्ता
लन्डन,२२ मे २०१५ –गत ४ मे २०१५मा मगर संघ युके द्वारा आयोजित बुद्ध जयन्ती समारोहमा पाल्नु भएकी अनागरिका क्ष्यान्तिवती उक्त कार्यक्रमको सफलता पुर्वक सम्पन्न भए पस्चात अहिले धम्म देशनाका साथ शान्ती पूजामा व्यस्त रहेकी छिन।
अहिले यु केका बिभिन्न शहरहरुमा बसोबास गर्ने महानुभावहरुको अत्याधिक मागलाई मध्य नजर गर्दै यु केका प्लम्स्तिड ,रेडिङ ,फार्न्बोरो,स्विन्दन ,बेसिङ्स्टोक ,क्याम्बर्ली ,वेम्ब्ली ,केन्ट लगायतका शहरहरुमा धम्म देशनाका साथ नेपालमा गएको महाविनासकारी भुकम्पबाट पीडिट सम्पूर्णको शान्तिको कामना गर्दै शान्ती पूजा गरिने भएको छ । बिशेष गरी बुद्ध शिक्षा जनमानसमा पुर्याई कसरी मानव जगत मात्र नभएर सम्पूर्ण प्राणी जगतमा मैत्री भाव जगाउने,रिश राग , हत्या हिन्सा जस्ता अकुसल कर्म त्याग्न सकिन्छ ,मानव र जगतलाई बुझी शान्तीको मार्गमा दोर्याउनु मुख्य उद्दस्य रहेको छ ।
अर्मन म्याग्दीमा जन्मेकी अनागरिका क्ष्यान्तिवती लुम्बिनी बौद्ध बिस्वोबिधालयबाट बुद्ध धर्ममा स्नातकोत्तर अध्ययन पुरा गरेकी छिन् ।