पकवादी र निवुवाखर्कका भुकम्प पिडीतलाई गल्याङ् युथको राहत

Read Time:2 Minute, 53 Second

विनोद रखाली मगर

  जेठ ६ , गल्याङ् – स्याङ्जाको गल्याङ् मा क्रियाशिल युवा हरुको समुह गल्याङ् युथले जिल्लाको विभिन्न गाविसका वैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्प देखि विस्थापित भएका घर परिवारलाई राहत वितरण गर्ने क्रममा स्याङ्जाको पकवादी गाविस र निवुवाखर्क गाविसका केहि घर परिवार लाई राहत वितरण गरेको छ ।

गल्याङ्मा आयोजित राहत वितरण कार्यक्रममा पकवादी गाविसमा हाल सम्म कुनै निकाय देखि राहत प्राप्त गर्न नसकेका ६ घर र निवुवाखर्क गाविस वडा न. ९, निवुवाखर्क का दुई घर परीवारलाई राहत वितरण गरेको हो ।

 

युथले वितरण गरेको राहतमा करिव १० जना ओत लगाउन सकिने त्रिपाल , म्याट , एक क्विन्टल चामल , तेल , दाल , नुन लगाएतका खाद्य सामग्रीहरु वितरण गरेको थियो । गल्याङ् युथले यस क्षेत्रमा सामाजिक कार्य सङ्गै विकाश निमार्णलाई समेत जोड दिदै आएको छ ।

विनाशकारी भुकम्पमा लमजुङ् जिल्लामा करिव १ लाख ५० हजार वरावरको खाद्य सामग्री , पेलाकोट खानिडाँडा , निवुवाखर्क कुरुङ्चे , अधिकारी डाँडा, पिडिखोला , पकवादी,श्रीकृष्णगण्डकी वासँटारी लगाएतको क्षेत्रमा समेत राहत वितरण गरीसकेको छ । सिन्धुपाल्चोकमा गएको वाढीमा समेत १ लाख ५ हजार  सहयोग गरेको गल्याङ् युथले जनाएको छ ।  

  

राहत वितरण पछि वोल्दै गल्याङ् युथका अध्यक्ष जनक कुमार श्रेष्ठले पिडामा मलम लगाउने कार्यमा गल्याङ् युथ सधैं हाजिर हुने जनाए । श्रेष्ठले महाविपत्तिमा आत्तिएर नभइकन आत्मवल सहित धैर्यताका साथ रहन सानो सहयोग गरेको जनाए । राहत वितरण कार्यक्रममा लायन्स क्लव अफ गल्याङ् सिटीका अध्यक्ष डोल प्रसाद खरेल , मगर संघ गल्याङ्का अध्यक्ष जैसिंह राना मगर, युथका सदस्य नारायण गैह्रे लगाएतले वोलेका थिए । गल्याङ् युथका सचिव विष्णु अधिकारीले सन्चालन गरेको कार्यक्रममा युथका सदस्य विनोद रखाली मगरले धन्यवाद मन्तव्य दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %