कर्मा पहाडी शेर्पा
यूरोप , २१ मे – गत १७ मे २०१५ का दिन राष्ट्रिय जनमुक्ति पार्टीको विस्व भरिका भात्री संगठनहरुको प्रथम अनलाइन बैठक जनमुक्ति मंच बेलायतको कोडीनेसनमा सम्पन्न भएको छ ।
जनमुक्ति मंच बेलायतको अध्यक्ष थर्क रानाको अध्यक्षतामा भएको सो बैठकले गत २५ अप्रिल २०१५ सनिबार नेपालमा गएको ७.९ हेक्टरको भूकम्प बाट ज्यान गुमाउनेहरू प्रति शोक प्रश्ताव पास गरेको छ । साथै विनाशकारी महाभूकम्पबाट बेपता भएकाहरुको खोजी जारी राख्न र घाइतेहरु लाई शीध्र उपचार, पिडितहरुलाई राहतउपलब्ध जारी राख्न सरखारलाइ अनुरोध गरेको छ । पार्टीको बिदेशका विभिन्न देशमा कार्यरत नेता तथा कार्यक्रता हरूलाइ संगठन विस्तार नभएको देशहरूमा संगठन बनाउने पनि निर्य भयो ।
उक्त बैठकले विस्व जनमुक्ति मंच राहत कोष समिति २०७२ गठन गरेको छ ।
जसको लागि बिदेशी तथा नेपाली समुदाय माझ गइ राहत संगकलन जारी राख्नुका साथै नेपालमा राष्ट्रिय जनमुक्ति पार्टी मार्फत वितरण गर्ने निर्णय गरेको छ ।
बैठकले जनमुक्ती पार्टी बिदेश शाखा मलेशिया र साइप्रस संगठनको नाम क्रमश जनमुक्ती मन्च मलेशिया र साइप्रस राख्ने international global online conference ले निर्णय गरेको हो ।
conference ले पार्टीको पहिचान र अस्तित्व लाई मज्बुद गर्नको निम्ती, र यसबाट विस्व जनमुक्ति मंचको संरचनामा सहयोग पुग्ने आशाले यो निर्णय गरेको हो। जनमुक्ति मंच मलेशियाका संयोजक रामबहादुर अस्लामिले पार्टीले ३ दशकको यात्रामा मुलुकका सबै दलहरु सँग सहकार्य गरेता पनि दलहरुले कुनै ठोस् निकाश दिन नसकेको ठहर् रहेको बताउदै दल हरुले पटक – पटक जनता को विश्वाश घात् गरेको र अब जनता र देशको निम्ती राष्ट्रिय जनमुक्ती पार्टी मुलुकै तेस्रो शक्तीको रुपमा उदयमान् भै सकेको र पार्टीले उठान गरेको मुद्धा राष्ट्रिय मुद्धा नै बनिसकेकोले अब जनमुक्ती आस्थावानहरुले नयाँ ढंग बाट पार्टीको संगठन बिस्तार गर्नु पर्ने विचार राखेका थिए । तेस्तै गरि उक्त global conference का अर्को बक्ता कतारका संयोजक राज खम्बुले देशको अमुल परिबर्तन गर्न चाहने हामी बिदेशमा रहेर पनि युवा युवती एक डिक्का भै आफ्नो देश र नेपाली जनताको लागी उर्जा जगाउनको लागी हिमत जुटाउनु पर्ने समय अएको र गत २५ अप्रिल २०१५ बाट देश मृत परिस्थितिमा रहेको र अझै जटिल अवस्थामा जानसक्ने चिन्ता ब्याक्त गरेका थिए ।
जनमुक्ति मंच साइप्रसका बरिसट उपाध्यक्ष मुना क्षेत्रिले अहिले देशमा भयानक प्राकृतिक प्रकोप बाट अक्रान्त भएको अवस्थामा सबै नेपाली र राजनीतिक पार्टीहरु फुटेर होइन एकैठाउमा जुटेर देश र जनताको लागी लाग्नु पर्ने अवस्था अएको बताउदै देश र जनता जति बिचलित भए पनि नेपाल सरकार भने मुठी बदेर बसेको बताएका थिए ।
बैठकमा सरस्वति तमाङ, टंक खालिंग इजरेल, रमिला राइ साइप्रस ,आर के हिरंग अफघानिस्तान,दिलिप खम्बु साउदी अरब ,मित्र थापा,हिमाली राना,दलबहादुर बुठा,कमला थापा, टंकबहादुर थापा, पदम गाहा, बेलायत बाट उपस्थिती रहेको सो global conference मा जनमुक्ती मन्च बेलायतका महा सचिब कमान सिङ्ग ( कर्मा पहाडी ) शेर्पाले मध्यस्ता गरेका थिए।