किन पिटे पेम्बाले कार्यालय सचिवलाई? भिडियो सहित

Read Time:1 Minute, 55 Second

राज्यसत्ता,

काठमाण्डौ, जेठ ५ – आदिबासी जनजाति महांसंघका महासचिब तथा संबिधान सभाका सदश्य पेम्बा भोटेले आफ्नै कार्यालय सचिब कुमार प्रधानलाई निर्मम तरिकाले कुटेका छन ।

भोटेले आज करिब दिनको ३ बजे तिर महासंघको कार्यालय कुसुन्तिमा प्रधानलाइ गम्बिर घाईते हुने गरि लखेटेरै कुटेका हुन । प्रधानको दांहिने खुट्टाको गोणामा गम्बिर चोट लागेको छ ।

यो पङतिकार जाउलाखेल स्थित अल्का अस्पतामा पुग्दा उनि आकस्मिक कक्षामा उपचरार्थ अबस्थामा भेटिएका थिए । चिकित्सकको भनाई अनुसार उनको घाउ भएको ठाउमा २० ओटा टांका लगाईएको छ । घटना हुँदा महासंघका अध्यक्ष नगेन्द्र कुमाल र कोषाध्यक्ष जगत बराम घटना स्थलमै थिए । कोषाध्यक्ष बरामले उनिहरुलाइ छुट्टाएका थिए ।

के बिषयमा तपाईहरुको लफडा भएको थियो भन्ने जिज्ञाशामा हाम्रो हाकिमले स्यानो तिनो बिषयमा पनि आफ्नै कर्मचारीलाई धेरै सास्ति दिइ रहन्थे ,र अरू खासै ठुलो कुरा थिएन प्रधानले भने ।

अ‍ैले महासचिब भोटे फरार रहेका छन भने पिडित प्रधानका नातेदार, आफन्ताले उनलाई अल्का अस्पतालमा लगेर उपचार गराई रहेका छन ।

 

{youtube}https://youtu.be/fTelsELI9CQ{/youtube}

 

प्रधानले केहि महिना अगाडी देखि आफ्नो ज्यान असुरक्षित रहेको आफनतालाई बताउदै आईरहेको श्रोतले राज्यसत्तालाई बतायो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %