युकेबाट बागलुङ–पोखरा मगर समाजलाइ रकम सहयोग

Read Time:1 Minute, 58 Second

रूद्र श्रीसमगर

पोखरा, ४ जेठ

बागलुङ–पोखरा मगर समाजको सहयोगार्थ समाजका निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक भीम बहादुर श्रीसमगरको पहलमा युकेमा संकलित रकम १ लाख ४४ हजार १ सय ५० रुपैयाँ हस्तान्तरण गरिएको छ ।
समाजका वर्तमान अध्यक्ष मेख बहादुर छन्त्याल मगरलाई सो रकम निवर्तमान अध्यक्ष श्रीसमगरले हस्तान्तरण गरेको हो । सोही रकममध्येबाट ८४ हजार रुपैयाँ बराबरको समाजका लागि विभिन्न विवाह तथा भोजका लागि आवश्यक भाँडाकुँडा किनिएको अध्यक्ष छन्त्याल मगरले जानकारी दिए । समाजका अध्यक्ष मेख बहादुर छन्त्याल मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निवर्तमान सचिव कृष्णा कुमारी श्रीसमगरले गरेकी थिइन ।
त्यसैगरी, समाजले भूकम्पपीडितका लागि राहत रकम संकलन कार्य जारी राखेको छ । समाजका आजीवन तथा साधारण सदस्यहरूबाटै संकलित राहत रकम हालसम्म ९१ हजार रुपैयाँभन्दा बढी उठेको जानकारी दिँदै निवर्तमान अध्यक्ष श्रीसले समाजले भूकम्पपीडितका लागि त्रिपाल र कम्बल विदेशबाट मगाएको बताए । राहत सामग्री आएपछि समाजको बैठक बसी भूकम्प प्रभावित क्षेत्रमा जाने निर्णय गरिने समेत श्रीसमगरले जानकारी दिए । राहत संकलनकै क्रममा हाल बेलायती सेनामा कार्यरत रेशम बहादुर श्रीसमगरले पाँच हजार रुपैयाँ राहतस्वरुप रकम पठाएको समेत जानकारी दिएका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %