बेलायतमा किराँतीहरुको साकेला उभौली

Read Time:9 Minute, 7 Second

रोशन मेवाहाङ्ग

लण्डन, ३ जेठ । बेलायतको वकिङ शहर नजिकै किरात राईहरुको आफ्नै भूमी ग्याम्बलस लेन, रिप्ले अवस्थित माङखिम तथा साकेला स्थल किरात राई घरमा उभौली (यालेदोङ ५०७५) साकेला २०७२ भव्य रुपमा मनाउन केही महीना अगाडी देखीनै तयारीमा जुटेका राईहरु ऊक्त दिन भने महा भुकम्पको कारण स्वदेशको भयवह स्थितीलाई मध्यनजर गर्दै कार्यक्रम फरक ढंगमा प्रस्तुत भएको थियो ।
कार्यक्रममा कुनै व्यानर र सजावटहरु थिएनन, कसैले व्याजहरु नलगाएपनि पाहुनालाई, खदाले स्वागत र मुख्य मन्चमा भुकम्प आर्थिक राहत संकलन भन्ने ठुलो व्यानर टासीएको अनी नेपालका दर्दनाक तस्विरहरुले सजाएका थिए । कार्यक्रमको प्रारम्भ मन्चमा संमवेदना श्रद्धाञ्जलि, भुकम्पमा परी अकालमै मृत्यु हुनेहरुको चिरशान्तीको कामना गर्दै उपस्थितहरु सम्पूर्णले दिप प्रज्वलन गर्नुको साथै किराती धामीले सवैलाई चोख्याउने कार्य गरेका थिए ।
कार्यक्रमको दोस्रो भागमा किरात राईहरु भुमी पुत्र अनी प्राक्रितीकको पुजक भएको हुंदा साकेलाको पुजा र यो संकटकाल फेरी नदोहोरीन भनी किरात धामीवाट शिली भुमे पुजा विधी पुर्वक सम्पन्न गरी अन्तमा आर्थिक राहत शंकलनको कार्य दिनभर गरेका थिए । गतसालहरुमा साकेला सिली प्रतीयोगीता अनी उभौली धुमधाम संग मनाए पनी यो वर्ष त्यस्तो नभएको र पुजा आराधनामा मात्र सिमीत रहेको साकेला उभौली कोर्डीनेटर तथा संघका उपाध्यक्ष चन्द्र वहादुर राईले बताए ।
किराँती धामी नाछोङ किताबसेर राईले टाउकोमा सेतो फेटा लगाई सुम्निमा–पारुहाङ्गको तस्विर, ढोल र झ्याम्टा सहित सेउलीको थानमा उभौली भूमीपुजा गरी थान वरिपरी नाचेर विधी अनुरुप कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा गिल्डफोर्ड बोरो काउन्सिलकी ड्युपिटी मेयर निकी नेल्सन स्मिथ, किराँत राई यायोक्खा सल्लाहकार तथा पूर्व अध्यक्ष प्राध्यापक श्रीमती सुमाया राई, रसमोर नेपाली समाजका अध्यक्ष रिटायर्ड मेजर टिकेन्द्रदल देवान जेपी, रेडियो बिजिडब्लुएसका निर्देशक रिटायर्ड मेजर सोनाम सेर्पा, किराँत सुनुवार सेवा समाज बेलायतका सल्लाहकार तथा पूर्व अध्यक्ष जंग सुनुवार, तमुधी युकेका अध्यक्ष सुर्य गुरुङ र क्याल्गिरि, क्यानाडाबाट धनकेशर राईले आतिथ्य ग्रहण गरेका थिए ।
महाभुकम्पले स्वदेशलाई शोकमा डुवाएको कारणले साकेला उभौलो यो वर्ष पुजा आराधनामै सिमीतरहेता पनी यो चाड अथवा साकेला नाच राजधानी काठमाडाै लगायत नेपालको पूर्बी जिल्लाहरु विशेष गरेर ईलाम, झापा, मोरङ कानेपोखरी, सुनसरी, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, धनकुटा र संखुवासभा आदि जिल्लाहरुमा बसोबास गर्ने किराँती बस्तीहरुमा बढी मात्रामा प्रचलित र लोकप्रिय रहेको छ । तेसैगरि अन्तर्रा्ष्ट्रिय रुपमा किराँती बस्तीहरु भएका देशहरु भारत, सीक्किम, अमेरिका, बेलायत, हङकङ, जापान, कोरिया, मलेशिया, कतार र बु्रनाईमा समेत अहिले भव्यरुपमा साकेला मनाउने प्रचलन रहेकोे पाईन्छ ।
गाउँघरका बूढापाकाहरु साथै केटाकेटीहरु ढोल झयाम्टा निकालेर झन्डै १५ दिन सम्म मनाइने यो किरातीहरुको पर्व खासै रुपमा भन्ने हो भने खेतीपाती लगाउने समय भएकोले अन्नवाली वा उव्जनी बढोस, आधीवेरी, असिना नआदियोस, अन्नबालीमा रोग नलागोस भनि सुम्निमा र पारुहाङ्ग सग बल र शक्तीको आर्शीवाद माग्दै कुखुराको भाले बलिदिएर भूमी पुज्ने चलन चलिआएको पाईन्छ । बालबालीका, बृद्ध सबै आपसमा गोलो घेरा लगाएर बिभिन्न जनावर, चराचुरुङ्गीहरुको नक्कल गदै साकेलानाच शिली नाच्ने गरिन्छ । विशेष चउरीको पुच्छर पोमी र र्छिलिङ –सिलिमा नाचको मुल्की सिलीमोपाले प्रयोग गर्दछ ।
नाचमा सहभागी पुरुषहरुको पोशाक, खाडीको दौरा सुरुवाल, कोट र ढाका टोपी लगाई, विनायो, र्मुचुङगा, लिम्चिङबुङ, मयूर र लुईचेको प्वाख लगाउने प्रचलन छ भने महिलाले छिटको गुन्यु, ढाकाको पछ्यौरी, मखमल वा ढाकाको चोलो र सेतो पटुकी लगाई ढुङग्री, मुन्द्री, बुलाकी, हारी, सिक्काको माला जस्ता गरगहना लगाउने चलन छ ।
उभौली र उधौली बर्षमा दुई पटक किराँत समुदयले मनाईने गरिन्छ । साकेला उभौली बाली लगाउने बेलामा बैशाख पूर्णिमाको दिन र उधौली बाली उठाउने बेला मंङसिर पूर्णिमाको छेकमा मनाउने गरिन्छ । किराँतहरुको मुन्धुम अनुसार १ बर्षलाई दुई भागमा बाडिन्छ उभौली र उधौली यसैको रुपमा यो चाड मनाउने परम्परा चलिआएको पाईन्छ । उभौली र उधौली किराँत समुदायको मुख्य चाड हो । याक्खाले चासुवा, सुनुवारले फोलफ्यादर, लिम्बुले चासोक तङनाम र राईहरुले उभौलीलाई साकेला र उधौलीलाई छौवा भन्ने गर्छन ।
यसै सन्र्दभमा अभिभावक र बुद्धीजिवीहरु भन्छन् प्रवाशमा रहे पनि आफ्नो धर्म, संस्कृती, संस्कार, परम्परा र चाडलाई मनाउदै हाम्रा भावि सन्ततिहरुलाई सिकाउँदै लैजानु पर्छ । महाभूकम्पले स्वदेशलाई शोकमा पारीरहेको अवश्थामा पनि आफ्नो संस्कार र संस्कृतीलाई जीवित राख्न साथै सुखमा मात्र नभएर दुःखमा पनि एकजुट हुनु पर्छ भन्ने मान्यता लिएर कार्यक्रम जारि राखि असामयिक महाभूकम्पमा दिवंगतहरुको मृत आत्माको चिर शान्तिको कामना गदै दिप प्रज्जलन र श्रद्धाञ्जलि अपर्ण बेलायतबासी किराँतीहरुले गरेका हुन ।
६ करोड नेपाली रुपैयाको लागत र १४७ रोपनी रहेको आफनै भूमी माङखिम तथा साकेला स्थलमा ईतिहाँसमा पहिलो पटक साकेला सम्पन्न हुने साथै माङखिम मुलघर, पूजाघर निर्माण कार्य यसै बर्ष सुरुवात गरिने योजना भएकोले भूमीपूजा गर्नै पर्ने बाध्यता रहेकोले बेलायतबासी किराँतीहरुले आफनो स्वदेशको बर्तमान पिंडादायिक शोकाकुल परिस्थितीको बाबजुत पनि यो चाड मनाउन बाध्य भएको जानकारी संघका अध्यक्ष पदम राईले दिएका थिए ।
स्वदेशमा महाभूकम्प पिडितहरुका लागि करिब ६ लाख नेपाली रुपैया राहत उक्त दिनमा संकलन गरिएको जानकारी संघका कोषाध्यक्ष डम्बर राईले बताए । त्यो भन्दा अगाबै पनि राहत संकलन भईसकेको र अझै भईरहेको र हाल सम्म किरात राई यायोक्खा बेलायतले करिब ३१ लाख नेपाली रुपैयाँ उठिसकेको कुरा अध्यक्ष राईले जानकारी दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %