लहान, ६ माघ
मधेसी जनअधिकार फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले चक्रीय प्रणालीबाट सरकार संचालन गर्ने पक्षमा नरहेको र संसदमा रहेका २८ दलबाट महिनै पिच्छे प्रधानमन्त्री बनाउने खेल भयो भने देशमा आर्थिक सङ्कट आउनुका साथै राजनीतिक अस्थिरतासमेत बढने बताएकाछन् । अध्यक्ष यादवले बन्दुकको नालबाट राज्यसत्ता कब्जा हुन्छ भन्ने सोचबाट माओवादी नेताहरु मुक्त हुन नसकेको बताए ।
आज बिहान सिरहाको लहानमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले भने ‘मधेसको मुद्दामा नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी) स्पष्ट छैनन् । जुन पार्टीले संविधान, शान्तिप्रक्रिया र मधेसको मुद्दालाई समर्थन गर्छ त्यस पार्टीलाई हाम्रो समर्थन रहनेछ ।’
सहमतीय सरकार नबने नियमावली संशोधन गरेर भएपनि बहुमतीय सरकार गठन गरी समयमा नै जनतालाई नयाँ संविधान दिनुपर्ने उनको भनाइ थियो ।