मगर संघ यु ए ईले खडा गर्‍यो राहत कोष

Read Time:2 Minute, 25 Second

नेपाल मगर संघ युएई द्वारा भुकुम्प पिडित उद्दार राहत कोष स्थापना

हिक्मत रोकामगर, ९ मे युएई
नेपाल मगर संघ युएईले संघकी कोषाध्यक्ष प्रमिला थापामगरको संयोजकत्वमा,५ सदस्यीय भुकुम्प पिडित उद्दार राहत कोष स्थापना गरेको छ |५ सदस्यीय उक्त उद्दार राहत कोषमा, प्रवक्ता हेम थापामगर,संगठन विभाग प्रमुख निरु रानामगर,प्रशिक्षण विभाग प्रमुख दिप मगर,महिला विभाग प्रमुख हेमा मगर र केन्द्रिय सदस्य हस्ता पुनमगर रहेका छन् |

गत ८ मे शुक्रवार,आबुधाबीको मदिनाथ जायेद पार्कमा संघकी अध्यक्ष शुशी पुलामी मगरको अध्यक्षता र भूपू अध्यक्ष हरि बहादुर घर्तिमगरको आतिथ्यमा सम्मपन्न भएको संघको ११ औं बैठकले, गत बैशाख १२ गते आफ्नो मातृभूमि नेपालमा आएको महाविनाशकारी भूकम्पले पुर्याएको, ठुलो धनजनको क्षेतीप्रति गहिरो दु:ख प्रकट र उक्त भयाभह प्रकोपमा घाइते एवं अपांगहरुको शिघ्र स्वास्थलाभको कामनाका साथै, आफन्त गुमाउनु भएका,शोकाकुल प्ररिवारजनमा धैर्यधारण गर्न शक्ति प्राप्त गर्न कामना गरेको छ |

बैठक लगत्तै उद्दार एवं राहत संकलन कोष सम्वन्धमा जानाकारी दिदै संयोजक थापामगरले” विदेशमा बसेर मातृभूमिको यो वगेको रगत,चहराएको घाउमा मलमपट्टी लगाउन संघले सक्दो राहत संकलन गर्ने छ र १५ दिन भित्रमा संकलित राहत भूकम्प प्रभावित क्षेत्रमा पठाइसक्न संघका साथीहरुलाई विशेष जिम्वेवारी दिइएकोले सोहि अनुरुप साथीहरु मरिमेटेर राहत संकलनमा लागि पर्ने बताए । “

संघको उक्त उद्दार एवं राहतकोषको अर्को बैठक आगामी शुक्रवार आबुधाबीमा पुन: बस्ने पनि जानकारी गराइयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %