गोरखामा पनि मगरहरूले भूकम्प पीडितलाई राहत बितरण गरे

Read Time:1 Minute, 51 Second

फोटो फिचर

ज्ञानेन्द्र पुनमगर

 गोरखा,बैशाख  २४ – गोरखा जिल्लाको जौबारी गाबिसको फिनाम, सिन्जुङ गाबिसको पोखरातार, मुतचोक गाबिसको मानेगाउमा रहेका ३०० घरधुरी मगर र बाकी ९० घर धुरी गुरुङ, दलितहरु लगायतलाइ २०० बोरा चामल, २०० लिटर तेल, २०० पोका नुन, ६५ थान तृपाल, ६०० केजि दाल, १०० थान महिला कस्तमस, २ झोला कपड़ा र औषघि ५० प्रती हस्तान्तरन गरियो ।

यस हतान्तरन कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष महेन्द्र थापामगर, अन्तर्राष्ट्रिय मगर मन्चका प्रतिनिधि तथा हङकङ मगर संघका अध्यक्ष चन्द्रज्योती आलेमगर, कोसाअध्यक्ष निलम थापामगर, नेपाल मगर संघका सचिव ज्ञानेन्द्र पुनमगर, केन्द्रिय सदस्य पद्मा आलेमग,नेपाल मगर बिध्यार्थी संघका केन्द्रिय अध्यक्ष दिपा आलेमगर,  डा. राजेन्द्र पुन, मिस मगर हङ्कङ पुजा रानामगर लगायतको उपस्तिथि रहेको थियो ।

बैषाक १२ गते गएको बिनासकारि भुकम्पको केन्द्रबिनदु गोरखामा परेकोले अन्य जिल्लामा भन्दा याहाँ धेरै छति भएको थियो ।  नेपाल मगर संघको संयोजनमा अन्तर्राष्ट्रिय मगर मन्चले हिजो २३ गते सिन्दुपलान्चोक, साँधाको रानाचोकमा राहात बितरण गरिसकेको छ भने बैषाक २५ गते धादिङको सलाङ गाबिसमा  पनि राहात बितरण गर्दैछ । 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %