मगर संघ बेलायत अन्तर्गतको रश्मूर शाखाले यस वर्षको मगर सव्रmान्ती पर्व गत शनीवार फार्नवोरोस्थित ओकफम स्कूलको कम्यूनिटि हलमा भव्यताका साथ सम्पन्न गरेको छ । “हाम्रो संस्कृति, धर्म र परम्परा, माघे सव्रmान्ती पर्वलाई दिऊँ निरन्तरता” भन्ने नाराकासाथ सम्पन्न सो कार्यव्रmममा मगर संघ वेलायतका वर्तमान अध्यक्ष एवं सो कार्यक्रमका प्रमूख अतिथि मेजर कुल ब. थापामगरले शुभकामना मन्तव्य दिएकाथिए । विदेशमा रहेर पनि आफ्नो नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न तत्पर सम्पूर्ण मगर व्यक्तित्वहरु आफ्नो परम्परागत भेषभूषा झल्काउने गरी उपस्थित भएका थिए । माघे सक्रान्ती पर्वमा मगर समुदायले विशेष गरेर आफ्ना पितृहरुको पूजा गर्ने प्रचलन रहेको मगर पूजारी ओम ब. थापामगरले बताए । त्यसैले त्यहाँ उपस्थित अधिकांश व्यक्तिहरु पितृ पूजामा सरिक भएका थिए । मगर कलाकारहरुबाटै बजाइएको नौमति बाजाको बढाईं धुनबाट सो पूजाको शूभारम्भ गरिएको थियो । साथै उक्त दिन विभिन्न कन्दमुल जस्तै तरुल, सख्खरखण्ड, भ्याकुर र खीचडी खाने प्रचलन रहेकाले सबै उपस्थित व्यक्तिहरुले प्रसाद स्वरुप ती खानेकुराहरु पनि खाने अवसर पाएका थिए ।
संस्थाका महासचिव लेख ब। रानामगरले संचालन गरेको सो कार्यक्रममा संस्थाको आजीवन सदस्यता ग्रहण गर्ने महानुभावहरु, गत वर्ष २०१० मा न्ऋक्भ्, ब् ीभखभ िउत्तिर्ण गर्ने मगर विद्यार्थीहरुलाई प्रमाणपत्र एवं खादा ओडाएर रश्मूर शाखाका अध्यक्ष ले। ९रि।० सुनील रानाले अभिनन्दन गरेकाथिए । सो कार्यक्रममा कौडा नृत्य, लोकदोहोरी, नौमती बाजाको तालले सबैलाई नचाएको थियो ।मगर संघ, रश्मूर शाखा यूकेले आफ्नो स्थापना कालदेखि हरेक वर्ष यसरी नै धुमधामका साथ यो पर्वलाई मनाउदै आईरहेको छ ।
स्मरण रहोस्, माघे सक्रान्ती पर्वलाई नेपाल सरकारले २०६५ ९२००९० मा मगर र थारु समुदायको राष्ट्रिय पर्वको रुपमा मान्यता प्रदान गरी सुचीकृत गरेको छ ।
मित्र ब. राना, फार्नवोरो