नेपाल फर्कन चाहनेको लागि नेपाली राजदुतावास बहराइनले वातावरण बनायो ।
कृष्ण सारू मगर
बहराईन, ६ मे
आगामी ८ मे २०१५ शुक्रबारका दिन सम्म नेपाली दुतावास बहराईनको कार्यलयमा अविलम्ब सम्पर्क गर्न सार्वजनिक सुचना जारी गरेको छ।
गत २५ अप्रैल सनिबारका दिन बिहान ११:५६ बजे गोरखाको बारपाक लाई केन्द्र विन्दु बनाई गएको
अकल्पनिय आमबिनासकारी महाभूकम्पका कारण हजारौँ संख्यामा मानिसको अकाल मै मृत्यु भएको छ भने हजारौँ संख्यामा घाईते भए लाखौँ मानिसहरूलाई हताहत बनाएको र अत्याधिक धनजनको क्षति भएको हामी सबैलाई अवगत नै छ ।
अत: रोजगारको शिलशिलामा मध्य पूर्विय राष्ट्र बहराईनमा बस्दै आएका नेपालीहरूको विविध समस्यालाई ध्यानमा राख्दै हृदय विदारक दु:खद घटनाले कोही कसैलाई आकस्मिक घर जान परेको खण्डमा नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूले सत्य, तथ्य विवरण सहित स्वंम उपस्थित भै दुतावासको कार्यलयमा प्राप्त हुने गरी ८ मे २०१५ शुक्रबार सम्म जानकारी गर्न/ गराउन संवन्धित ब्यक्तिहरूलाई यो सार्वजनिक सुचना जारी गरेको दुतावासका तृतिय सचिव ओम भण्डारीले राज्यसत्ता डटकम मार्फत जानकारी गराएका छन ।
थप जानकारीको लागी:
दुतावास कार्यलय: 17725583/35547951 र तृतिय सचिव:- ओम भन्डारी-33994373 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ