हुम सुनारी मगर
रियाद,३० अप्रिल – साउदीका राजकुमार अलवालिद विन तलाल अध्यक्ष रहेको ‘अलवालिद विन तलाल फाउण्डेशन’ ले भूकम्प पीडितहरूका लागि १० करोड रुपैंया आर्थिक सहयोग गर्ने घोषणा गरेको जानकारी साउदी अरेवीयाको अंग्रेजी दैनिक अनलाइन पत्रिका अरब न्यूजले हिजो सो समाचार सम्प्रेषण गरेको छ।
साउदीका राजकुमार विन तलालले विश्व कै उच्च धनादयहरूको सूचीमा आफ्नो नाम दर्ज गराएका छन् । उनले विश्वव्यापी/अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यापारिक संगठन, ‘ग्लोबल फाउन्डेशन’ सञ्चालन गरेको छ जसमा अन्तर्राष्ट्रिय मेडिकल कर्पोरेशन, हेविटेट फर ह्युम्यानिटी र वर्ल्ड फूड प्रोग्राम आदि पर्दछन्।
राजकुमार विन तलाल गत १५ नोभेम्वर २०१० मा आफ्ना धर्मपत्नी राजकुमारी अमिराका साथ आफ्नै व्यक्तिगत विमान चढेर नेपालको लागि तीन दिने भ्रमण गरेका थिए। साउदी अरेवीयाको कुटनीतिक नियोग काठमाडौँमा स्थापना गर्न राजकुमार अलवालिद विन तलालको बिशेष भूमिका रहेको बुझिएको छ । नेपालमा साउदी कुटनीतिक नियोग स्थापना भएपछि दुइदेश बीच कुटनैतिक र ब्यापरिक सम्बन्ध सहज र मजबूत हुने कुरामा जोड दिएका थिए।
राजकुमार अलवालिद विन तलालको नेपाल भ्रमणमा रहंदा उनले नेपालमा ठुलो लगानी गर्न चाहेको उत्घोष गरेको कुरा पनि समाचारहरूमा छापिएको थियो ।