बाग्लुङ समाजको बहराइनमा शोकसभा

Read Time:3 Minute, 3 Second

कृष्ण सारू मगर
बहराईन-२ बाग्लुङ सेवा समाजको आयोजनामा दुतावासका का.बा.राजदुत महामहिम मणि प्रसाद भट्टाराई र वरिष्ठ समाजसेवी गम गूरूङको उपस्थितिमा बहराईनको राजधानी मानमा स्थित कृष्ण मन्दिरको प्राङ्गणमा शोक सभा सम्पन्न गरेको छ ।


शोक सभालाई आहाना क्षेत्री, कृष्टी खड्का, प्रिषा खड्का तीन कन्या बालिकाहरूबाट शान्तिका द्धिप मैनबतीमा प्रज्वलन गरी कार्यक्रम अगाडी बढेको थियो । भने कार्यक्रम संचालन जिवन रोका मगरले गरेका थिए ।कार्यक्रममा राजदुतावासका का.बा.महामहिम मणि प्रसाद भट्टराई महान समाजसेवी गम गुरूङ, बिभिन्न संघ संस्था संगठनहरूका प्रतिनिधि, भद्रभलाद्मी, पत्रकार बन्धुहरू समाजका सम्पुर्ण पदाधिकारी उपस्थित रहेको थियो भने सयौँका  संख्यामा आएका सहभागीहरूले “I LOVE NEPAL. HELP FOR NEPAL” जस्ता प्ले कार्ड बोकेर शोक सभामा प्रवेश भै १मिनेट मौ धारण गरी मृत आत्माको चिर शान्तिको कामना सहित घाइतेजनहरू प्रतिको शिघ्र स्वास्थ्य लाभ कामना गरेका थिए ।

उक्त शोक सभालाई नेपाली दुतवासका का.बा. राजदुत भट्टाराई, वरिष्ठ समाजसेवी गम गुरुङ जनप्रगतिशील मंच का.बा अध्यक्ष क्षेत्र प्रसाद देवकोटा, समाजका मानर्थ जितु खडका लगायतले यस आपतकालिन दु:खद घडीमा हामी सम्पूर्ण नेपालीहरू एकजुट भै सबैले संयमित भै सह्योग कार्यमा जुटौँ, नेपाल रहे नेपाली रहने, नेपाल राष्ट्रको गौरव रहने मन्तव्यको क्रममा व्यक्त  गरेका थिएं । 


आयोजकले यस शोकसभा कार्यक्रममा सबैले क्रमश: शान्तिका द्धिप (मैन बत्ती) प्रज्वलन गर्दै दैविप्रकोप जस्तो अकल्पनिय घटनामा परी घाइतेजनहरु प्रति शिघ्र स्वास्थ्य लाभ कामना गर्दै मृतु हुने सबैको दिवंगत मृतआत्मा चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्दै, शोक सभा सहभागी सबैलाई सभाध्यक्ष पाठकले समाजको तर्फ बाट एवंम् ब्यक्तिगत तर्फ बाट हृदय देखी नै हार्दिक धन्यवाद दिदै शोक सभा कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए। 

फोटो:- सरोज पुरी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %