बहराईनमा नेपाली दुतावासद्वारा शोक सभा सम्पन्न

Read Time:1 Minute, 33 Second

अनुमति विना जथाभाबी  राहत् सन्कलन् नगरौं -का बा राजदुत् भट्टराई 

कृष्ण सारू मगर
बहराईन २ मे ,२०१५ अन्तराष्ट्रिय श्रमिक दिवशका दिन नेपाली दुतावासले जुफैर स्थित दुतावास कार्यलयमा प्राकृतिक  प्रकोप महाभूकम्पबाट देहान्त भएकाहरूको सम्झनामा विभिन्न संघ संस्था संगठनका प्रतिनिधि तथा समाजसेवी, भद्रभलाद्मी एवं बुद्धिजिविहरूको  उपस्थितमा घाईतेजनहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै दुतावासले एक मिनेट मौन धारण गरी शोक सभा सम्पन्न गरेको छ ।

दुतावासका का.बा. राजदुत महामहिम मणि प्रसाद भट्टराईले रोयल च्यारिटी फन्ड्ले  अभियान चलाएको हुँदा अब उपरान्त दुतावासको अनुमति बिना राहतकोष संकलन गर्न नमिल्ने बताउनु भएको थियो  भने जनप्रगति मञ्चका का.बा. अध्यक्ष क्षेत्र प्रसाद देवकोटा लगायत केही समाजसेवी भद्रभलाद्मीहरूको टिका टिप्पणी पश्चात अन्तमा नेपालीहरू संग मात्र सह्योग लिन सकिने तर समय-समयमा त्यसको प्रतिवेदन दुतावासलाई अनिवार्य बुझाउनु पर्ने गरी अनुमति दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %