काठमाडाँ ५ माघ । प्रमुख तीन दलको आज बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई महाभियोग लगाउने प्रस्ताव व्यवस्थापिका–संसद्मा लैजाने विषयमा सहमति भएको छ ।
संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पहलमा आज बसेको प्रमुख तीन दलको बैठकमा सर्वोच्च अदालतका न्यायधीश बममाथि महाभियोग प्रस्ताव संसद्मा प्रस्तुत गर्ने सम्बन्धमा तीन दलले सहमति जनाएका हुन् ।
बैठकपछि एनेकपा माओवादीका प्रमुख सचेतक पोष्टबहादुर बोगटीले न्यायधीश बममाथि लागेको भ्रष्टाचारको विषयमा महाभियोग लगाउने प्रस्ताव संसद्मा प्रस्तुत गरिने विषयमा सहमति भएको वताए ।
न्यायपरिषद्ले न्यायधीश वममाथि गरेको प्रस्ताव संसद्मा प्रस्तुत गरिने बताइएको छ । यसैगरी आजै बसेको २८ दलको बैठकले संविधान निर्माणका क्रममा देखिएका विवादलाई टुङ्गो लगाउन संवैधानिक समितिलाई सक्रिया बनाउन दलहरुबीच सहमति जुटेको छ । सो २८ दलको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । सो बैठकमा व्यवस्थापिकीय अङ्गको स्वरुप निर्धारण र बालिग मताधिकारलगायतका विषयमा छलफल भए पनि कुनै निर्णय भने हुन सकेन ।