कर्णाली ब्लुज उपन्यासमा जातिय अहँको गन्ध : पुस्तक समिक्षा

Read Time:6 Minute, 9 Second

यो बर्ष नेपाली मिडीयाहरुमा  बुद्धिसागरको उपन्यास “कर्णाली ब्लुज” समबन्धमा बरिष्ठ लेखकहरुद्धारा राम्रा राम्रा समालोचनाहरु लेखिएकाछन् ।  यस हिसाबले यस बर्षको राम्रो कृतिमा पर्छ यो उपन्यास । 
– विष्णु कुमार सिङ्जाली

“कर्णाली ब्लुज” को कथा बा, आमा, म, पार्वती दिदि, ममता दिदि लगायतका पात्रहरुको वरीपरी घुमेको छ । औषधी पसल, स्वास्थ्य सेवा, औषधीको दुरुपयोग, अस्पताल आदिका बारेमा सुक्ष्म ब्याख्या पनि यसमा छ । अस्पताल महँगो भएको कारणबाट “म” पात्रले अस्पतालको पैसा नतिरी चोर तरीकाबाट बिरामी बाहिर निकाल्दछ, बडो चतु¥याईंकासाथ । उपन्यास वियोगान्तक छ ।यो उपन्यासमा बाल्यकालको घटना र मनोविज्ञानको उल्लेख छ । ग्रामीण भेगमा जन्मेर, ग्रामिण स्कुल पढेर अलिकति अगाडी बढेका युवाहरुको कथा, ब्यथा यसले पस्केको छ । बाल्यकालमा अविभावकको माया ममताको अभावमा, मार्गनिर्देशनको अभाव भएमा बालबालिकाहरु बिग्रन्छन् भन्ने कुरा चन्द्रे, मन्दिरे, एकराज आदि पात्रहरु मार्फत  देखाइएकोछ ।
उपन्यास यस दृष्टिले अविभावक, शिक्षकहरुका लागि उपयोगी छ । बालिका÷महिला प्रति गरिने विभेदको मनोविज्ञान ममता दिदि पात्र मार्पmत पस्केका छन् । नेपाली समाजको सामन्ती ब्यवस्था र आदिवासी÷जनजातिहरुलाई दास तुल्याउने प्रवृती र त्यसको बिद्रोह खुसीराम थारु, पहाडीया बाबु साहेब जस्ता पात्रहरु मार्पmत प्रतिनिधित्व गराएका छन् । आदिवासी थारु भुमीमाथिको हस्तक्षेपको विरोध भागीरथ थारु मार्पmत गराएका छन् यस उपन्यासमा ।
लेखकले “कर्णाली ब्लुज” नामक उपन्यासमा समाजका यस्ता धेरै घटनाहरुको उल्लेख गरेर वास्तविकतालाई उजागर गर्ने प्रयास गरेका छन्, जसलाई प्रशंसनीय मान्न सकिन्छ । यति हुँदा हुँदै पनि  लेखक जातिय अहंमताबाट प्रेरित भएको देखिन्छ । (१) “म” भन्ने पात्रलाई पार्वती दिदिले गाली गरेर वा होच्याएर बोलाउँदा “थारु” नामले बोलाउनु, (२) “मगर मामा”लाई उपन्यासकारले जाँडरक्सी खुवाउनु जस्ता कुराहरुले लेखकले घुमाउरो पारामा आदिवासी÷जनजातिहरुको अपमान गरेका छन् । जसरी भिमनिधी तिवारीले “शिल्यान्यास” नाटकमा मगर जातिको, “सुम्निमा” उपन्यासमा विशेश्वर प्रसाद कोईरालाले किराँत जातिको अपमान गरेका छन् ।
बेलाबखत नेपाली साहित्यमा उच्च जात र वर्गहरुबाट आदिवासी÷जनजाति, दलित तथा महिलाहरु माथि अपमान हुने खालको साहित्य श्रृजना गरेको पाईन्छ । जुन सच्चा लेखनमा नहुनु पर्ने हो । कुनै जाति वा वर्ग विशेषको अपमानबाट स्वच्छ समाज बन्न सक्दैन, बरु गणतन्त्र नेपालमा सामन्तवादको गन्ध हो । माथी उल्लेखित तथ्यले “कर्णाली ब्लुज” का लेखक बुद्धिसागरमा पनि जातिय अहँको गन्ध झल्किन्छ । हुन त उनले यस्ता आरोपहरुलाई लुकाउन थारु समुदायको भाषा प्रयोग गरेर, भागिराम तथा खुसीराम लगायतको विद्रोह देखाएर र मगर मामालाई सहयोगी देखाएर, अनि ‘ममता दिदिलाई जिउँदै चिहानमा गाडेको’ बकाएर सत्यबादी देखाउन खोजेका छन् । तर उनले गरेको ब्याख्याले त्यो अपमान मेट्न सक्दैन । उनी जस्तो  युवा पुस्ताले समेत नेपालमा एक–अर्कामा जातिय सम्मानका कुरामा ध्यान दिन सक्दैनन् भने गणतन्त्र आईसकेको नेपालमा सामन्तबादले छाडेको रहेनछ, उच्च जातिको बोलवाला अभैm कायम रहेछ  भन्ने मनोविज्ञान यसले दिन्छ ।
तथापि उनले थारु वा र अन्य आदिवासी÷जनजाति समुदायमा कसरी उच्च जातिका मानिसहरुले उनीहरुको संस्कृती लाद्दछन् भन्ने सत्यता भने खोलेका छन् ।
उपन्यासमा अन्य कतिपय तथ्य गलत छन् । जस्तै, पृष्ठ १३ मा दायाँ “दिमागको नशा फुटेर रगत जमेको छ, त्यसैले दायाँ हात खुट्टा चल्दैनन्” भनेर चिकित्सकलाई बकाएका छन् । स्वास्थ्य विज्ञानको हिसावले यो तथ्य गलत छ, बायाँ हात खुट्टा हुनुपर्ने हो ।  अन्य ठाउँमा पनि तथ्यगत कमीकमजोरीहरु भेटीन्छन्, आशा छ आउँदा संस्करणहरुमा सुधार हुँदै जानेछ । नेपाली समाजको तत्कालिन परिस्थिती, शासन ब्यवस्था, दुर्गम बस्तीहरुको जनजीवन, बाल्यकाल र त्यस भेगको भाषा भने लेखकले राम्रो संग उतारेका छन् । कष्ट, पीडा र बाध्यताको क्षणहरुको ब्याख्यामा उनको लेखन सफल छ ।

लेखक नेपाल मगर लेखक संघका उपाध्यक्ष हुन् ( चित्रमा उपन्यास लेखक बुद्धिसागर )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %