जिफानद्धारा व्हीलचिअर सहयोग

Read Time:1 Minute, 45 Second

मनोज घर्तीमगर

पोखरा, १६ बैशाख-भुकम्प पीडित घाइतेलाई स्वास्थ्योपचारमा सहज सेवा प्रदान गर्न गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)ले बुधवार १० वटा व्हीलचिअर सहयोग प्रदान गरेको छ ।

विनासकारी भुकम्पको केन्द्र विन्दु रहेको गोरखाको बारपाक लगायतको क्षेत्रका घाइतेहरुको उद्धार गरी पोखराका अस्पतालहरुमा उपचारका लागि ल्याउने क्रम जारी रहेकाले घाइतेहरुलाई स्वास्थ्योपचारमा सेवामा थप सहजता होस भनि जिफानले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई १० वटा व्हीलचेअर सहयोग प्रदान गरेको हो ।

गुरुङ चलचित्रका निर्माता, निर्देशक, नायक, नायिका, कलाकारहरु, सिनेटोमेट्रोग्राफर, प्राविधीक लगायत जिफानका सदस्यहरुबाट संकलित ७० हजार रुपैयाबाट अस्पतालमा आवाश्यक व्हीलचिअर खरिद गरी जिफानका अध्यक्ष बेदबहादुर गुरुङ श्यामले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.श्रीकृष्णा श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

व्हीलचिअर ग्रहण गर्दै मेसु डा. श्रेष्ठले जिफानबाट प्राप्त व्हीलचेअरले घाइतेहरुलाई सेवा प्रदान गर्न सहज हुने भन्दै जिफानलाई धन्यवाद व्यक्त गर्नुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %