काठमाडौँ, ४ माघ ।
संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलको आज बस्ने भनिएको बैठक एकीकृत नेकपा (माओवादी) का प्रतिनिधि अनुपस्थित भएका कारण स्थगित भएको छ ।
माओवादीको स्थायी समितिको बैठक भएकाले सो पार्टीका प्रतिनिधि अनुपस्थिति रहेको वताइएको छ । नयाँ संबिधान निर्माणमा दलहरुबीच देखिएका फरक मतलाई समाधान गर्न संयुक्त रुपमा २८ दलको बैठक बस्दै आएको छ । अठ्ठाइस दलको बैठक भोलि बिहान पुनः बस्ने बताइएको छ ।