भुकम्प राहत संकलन नेपाली क्लवको संयोजकत्वमा गर्ने

कृष्ण सारू मगर

बहराईन २७ अप्रिल आईतबारका दिन नेपाली दुतावास द्वारा आयोजित जुफैर स्थित दुतावास कार्यलयमा बसेको आकस्मिक बैठकमा विभिन्न संघ संस्था संगठनका प्रतिनिधि तथा समाजसेवी, भद्रभलाद्मी एवंम बुद्धिजिविहरू उपस्थित रहेको थियो ।

भुकम्प महाशाखा केन्द्रको मापन अनुसार ७.९ रेक्टर स्केलको भुकम्प गएको २५ अप्रिल शनिबारका दिन बिहान ११.५६ बजे गोरखा लाई केन्द्र विन्दु रहेको ७.६ रेक्टरको भूकम्पले नेपालका बिभिन्न भागमा ईतिहासकै ठुलो प्राकृतिक प्रकोप देशले ठूलो धनजनको क्षति ब्यहोर्नु परेको हुँदा अबिलम्ब बिपत्तिलाई राहत तथा उद्धार, उत्थानका सेवा नै धर्म हो, भन्ने अभियान सहित आकस्मिक बैठक संपन्न गरेको छ ।

उक्त दैवी प्रकोप महाभुकम्प जस्तो अकल्पनिय घटनामा परेकाहरूको तत्काल राहतका लागी विकल्प के ? कस्तो प्रकृया अपनाउने भन्ने विषयमा उपस्थित सबैले आ आफ्ना धारणा राखेका थिए । भने नेपाली दुतावास बहराईनलाई प्राप्त नेपाल सरकार र गृह मन्त्रलयले जारी गरेको परिपत्रमा उल्लेखित शोकमग्न राष्ट्र र नेपालीहरूमा परेको बिपत्तिलाई सह्योग आफ्नो ईक्षा र गच्छ अनुसार आर्थिक संकलनका लागी प्रधान मन्त्री संयुक्त राहतकोष बैँक खाता नं. हरू निम्न तपशिलका रहेको काबा राजदुत महामहिम मणि प्रसाद भट्टराईले सार्वजनिक गरेका थिए ।

१-एभरेष्ट बैँक खाता नं.00101102200012/00100105200270/
२-ग्लोवल बैँक खाता नं.0411010000005
३-नेपाल बंगलादेश बैँक खाता नं.035141C
४-नेपाल बैँक लि। काठमाण्डौ, खाता नं.002-11-053313
५-स्टाण्डर चार्टर बैँक खाता नं.01-0132438-01

रहेको खातामा कुनै पनि ब्याक्तिले स्वंम जम्मा गर्न सक्ने प्रावधान रहेता पनि श्रम सहचारी विश्वराज न्यौपानेले सह्योगको नाउँमा कहीँ कतै, दुरूपयो त हुँदैन ? भन्ने प्रश्न चिन्ह तेर्सिएकोले अवको उपरान्त नेपालीहरूको बैधानिक मार्गको कमिटी गठन गरी जसमा प्रत्येक संस्थाका पदाधिकारीहरू जिम्मेवारी ढंग परिचालन भै बहराईनमा स्थापित सम्पुर्ण नेपाली समाजहरूले नेपालीहरूको नाम बाट संकलित सह्योगमा नेपालीहरूकै नाम उल्लेखित रहने बताएका छन् भने कहिँ कतै दुरूपयोग नहोस भन्ने हेतुले त्यसको लेखा जोखा दुतवासको प्रतक्ष निगरानीमा रहनु पर्ने निस्कर्स भेलाले जनाएको छ ।

अन्ततः नेपाली क्लव बैधानिक संस्था रहेकोले सोही अनुरूप क्लवले भुकम्प राहतकोष सहयोगको संकलन कार्यमा प्रकृया पुरा गरी अबिलम्ब बिपत्तिलाई राहत तथा उद्धार, उत्थानका लागी बहराईन स्थित विभिन्न संघ, संस्था, संगठनहरूले संयुक्त रूपमा आर्थिक राहत सहयोग संकलन अभियान क्लबको संयोजकत्वमा चलाउने तर, संकलित सह्योग लाई सम्पुर्ण नेपालीहरूको नाम उल्लेखित रहने उपस्थित संघ संस्थाका प्रतिनिधिहरूको भेलाले तय गरेकोले छ ।