कार र ट्रक ठोकिदा तीन जनाको ज्यान गयो

Read Time:1 Minute, 8 Second

पर्सा  ४ माघ

बाराको अमलेखगञ्जमा गएराति भएको सवारी दुर्घटनामा मर्नेको सङ्ख्या तीन पुगेको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका वीरगन्जका १३ वर्षीय बालक उमङ्ग गौतमको आज बिहान उपचारका क्रममा ज्यान गएपछि मर्नेको सङ्ख्या तीन पुगेको हो ।

यसअघि वीरगन्जका वीरगन्ज जेसिसका पूर्वअध्यक्ष दिनेश आचार्य र १४ वर्षीय बालिका इंकिता मानन्धरको गएराति घटनास्थलमा नै मृत्यु भएको थियो । हेटौँडाबाट वीरगन्ज आउँदै गरेको बा४च २९७४ नंको कार र पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेको ना४ख २०१० नंको ट्रक एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।  दुर्घटनामा परी गम्भीर घाइते भएका वीरगन्जकै सर्वेश आचार्य र कृष्ण मानन्धरको काठमाडौँमा उपचार भइरहेको नारायणी अञ्चल अस्पतालले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %