विजय मगर
दोहा कतार, २६अप्रिल – “सम्पूर्ण मगरहरुको एकता, अहिलेको आबश्यकता” भन्ने मुल नाराका साथ नेपाल प्रवासी मगर संघ दोहा कतारको मातहतमा रहेको नेपाल प्रवासी मगर संघ, दोहा एरिया समितिले अप्रिल २४ गते शुक्रबारका दिन दोहाको टपफर्म रेष्टुरेन्टको सभा हलमा बक्तृत्वकला तथा नृत्य प्रतियोगिता सम्पन्न गरेकोछ ।
नेपाल प्रवासी मगर संघ दोहा कतारका २०१५/१६ का साँस्कृतिक वाङ्ग तथा दोहा एरिया समितिका अध्यक्ष रबिन मगरको सभापतित्व तथा संयोजकत्वमा र उपस्थित सम्पूर्णलाई समितिका उपाध्यक्ष खिमानसिं राना मगरले कार्यक्रमको वारेमा जानकारी तथा स्वागत मन्तब्य द्धारा स्वागत गरेका थिए भने महासचिव रमेश कनौजे मगरले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा नेपाल प्रवासी मगर दोहा कतारका का.बा. अध्यक्ष महेन्द्र थापामगर प्रमुख अतिथी थिए भने नेपाल प्रवासी मगर संघ दोहा कतार केन्द्रिय समितिका प्रमुख सल्लाहकार भिम तरामु मगर बिशिष्ट अतिथि थिए । अतिथिहरुमा नेपाल प्रवासी मगर संघ दोहा कतार (केन्द्रिय समिति)का सदस्यहरु, कलाकारहरु,खेलाडीहरु तथा मानार्थ सदस्यहरु बबिन राई र टेक रसाईली रहेका थिए । अन्य अतिथिहरुमा सनैया ए एरिया समितिका अध्यक्ष मिन थापा मगर, सनैया बि एरिया समितिका अध्यक्ष बाबुराम थापा मगर, अवुहमर एरिया समितिका चित्र थापामगर, सहानिया एरिया समितिका अध्यक्ष पदम थापामगर, वक्रा एरिया समितिका सचिव शुक्रबहादुर पुलामी मगर रहेका थिए ।
मगरहरुको कला संस्कृति तथा प्रवासमा लुकेर रहेका मगर प्रतिभाहरुको खोजी गर्ने उद्वेश्यले आयोजना गरेको एरिया स्तरिय बक्तृत्वकला तथा नृत्य प्रतियोगिता” भएको थियो । कार्यक्रममा ”प्रवासमा मगर संघ र यसको भूमिका” शिर्षकमा भएको बक्तृत्वकला प्रतियोगिताको निर्णयक मण्डलमा नेपाल प्रवासी मगर संघ दोहा कतारका केन्द्रिय समितीका प्रमुख सल्लाहकार भीम तरामु मगर, केन्द्रिय समिती सल्लाहकार सदस्य देबबहादुर राना मगर र केन्द्रिय समितीका भाषा तथा लिपि बिभागका संयोजक केशब राना मगर रहेका थिए ।
यस बिधा तर्फ सनैया बि. एरिया समितिका गोबिन्द घर्ति मगरले ७०.६६ प्रतिशत अंक ल्याएर पहिलो स्थान हासिल गरे भने सनैया ए एरिया समितिका रेशम आले मगरले ५८.६६ प्रतिशत ल्याएर दोश्रो र दोहा एरिया समितिका उद्धब सारु मगरले ४८.६६ प्रतिशत लराउनु भई तृतिय स्थान हासिल गरेका थिए ।
त्यसैगरि नृत्य तर्फ नेपाल प्रवासी मगर संघका (केन्द्रिय समिती)का सल्लाहकार सदस्य जनक थापामगर, मानार्थ सदस्य बबिन राई र कला तथा साँस्कृतिक विभागका उपसंयोजक बिजयकुमार मगर निर्णयक रहेका थिए । उक्त नृत्य प्रतियोगितामा सनैया ए एरिया समितिका मिन थापा मगरले ३५.३३ प्रतिशत अंक प्राप्त गरि प्रथम स्थान हासिल गरका थिए भने सनैया बि एरिया समितिका सुदिप पुन मगर र वक्रा एरिया समितिका शुक्रबहादुर पुलामी मगरले ३२ प्रतिशत र २७ प्रतिशत अंक ल्याएर दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । यस बक्तृत्वकला तथा नृत्य प्रतियोगिताको पर्यवेक्षकमा नेपाल प्रवासी मगर दोहा कतार(केन्द्रिय समिती)का द्धितिय उपाध्यक्ष शेरबहादुर रोकामगर, केन्द्रिय समितीका कोषाध्यक्ष लिलम चिंदि मगर, केन्द्रिय समिती का सल्लाहकार सदस्यहरु केशब राना मगर र गिरी काउछा मगर, र मानार्थ सदस्य टेक रसाईली रहेका थिए ।
प्रमुख अतिथि थापामगरले सम्पूर्ण सहभागी र बिजेताहरुलाई बधाई दिंदै भने यस्तो खालको कार्यक्रमले प्रवासमा छरिएर रहेका प्रतिभाहरुलाई अगाडी बढ्न हौसला दिने साथै कला र संस्कृति बिकासमा ठूलो सहयोग पुग्ने छ । साथै यस किसिमको कार्यक्रम गर्न नेपाल प्रवासी मगर संघ दोहा कतार(केन्द्रिय समिती)को सदैव सहयोग गरिरहने बताए । बिजेताहरुलाई प्रमुख अतिथी नेपाल प्रवासी मगर संघ दोहा कतारका कार्यबाहक अध्यक्ष महेन्द्र थापामगरले ट्रफि र कार्यक्रम संयोजक तथा दोहा एरिया समितिका अध्यक्ष रबिन मगरले प्रमाण पत्र प्रदान गरेका थिए ।
यस एरिया स्तरिय बक्तृत्वकला तथा नृत्य प्रतियोगिता कार्यक्रमको लागि मुख्य प्रायोजकमा उई फाईव ग्रुप कतारले र सनैया बि. एरिया समतिले खानेपानीको प्रायोजन गरेको थियो ।
अन्तमा कार्यक्रम सभापति तथा कार्यक्रम संयोजक रबिन मगरले कार्यक्रम सफल पारिदिनुहुने सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्दै आजको यस हौसलाले फेरी पनि यस्तै कार्यक्रम गर्न दोहा एरिया समिति उत्साहित रहको र गर्दै जाने प्रतिवद्धता ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।