नेपाली क्लव बहराईनको १०औँ महादिवेशन संपन्न

Read Time:4 Minute, 14 Second

कृष्ण सारु मगर

बहराइन २५ अप्रैल १०१५ शुक्रबारका दिन समाजिक अवधारणा बोकी २०००मा स्थापित नेपाली क्लवको आठौं अध्यक्ष पदमा सर्वसहमत बाट कमल श्रेष्ठलाई निर्विरोध चयन गर्दै १०औं महाधिवेशनले १३ सदस्यीय सहितको नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रमुख अतिथि गैर आवाशिय नेपाली संघका अध्य्क्ष टंक वस्नेत, विशेष अथिति वरिष्ठ समाजसेवी गम गुरूङ, सभाध्यक्ष दुर्गा गिरीले संयुक्त रूपमा पानसमा शान्तिका द्धिप प्रज्वलन गर्दै बिभिन्न संघ, संस्था, संगठनहरूका प्रतिनिधि, पत्रकार वंधुहरू भद्रभलाद्मी समेतको उपसथितिमा कार्यक्रमको समुद्घाटन भएको थियो ।

उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष दुर्गा गिरीले गरेका थिए भने कार्यक्रम संचालन महासचिव जेपी सापकोटाले गरेका थिए । ब्याबस्थापन सचिव कमल श्रेष्ठले स्वागत मन्तब्य दिएका थिए ।

मन्तब्यको क्रममा प्रमुख अतिथि टंक वस्नेत, विषेश अतिथि एवं वरिष्ठ समाजसेवी गम गुरूङ, आदिवासी जनजाति महासंघका सह सचिव पदम गुरूङ, किराँत यायोक्खा अध्यक्ष नगेन्द्र चाम्लिङ लगायत विभिन्न संघ, संस्था, संगठनका प्रतिनिधिहरूले आ आफ्ना धारणा राख्दै नेपाली क्ल्वको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

क्लबको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष श्याम पुन मगरले पेश गरेका थिए । संस्थाको प्रगति प्रतिवेदन महासचिव जेपी सापकोटाले पेश गरेका थिए भने, दुर्गा गिरी बाट आफ्नो नेतृत्वमा रहेको कार्य समिति भंग भएको जानकारी सहित नयाँ कार्य समिति चयन अनुमति दिदै खुल्ला सभा समाप्त भएको घोषणा गरेका थिए ।

सुन्य समय राख्दै, आवश्यक थप उप समिति एवंम् सदस्य संख्या थप्ने गरी १०औं महाधिवेशन बाट नवनिर्वाचित नयाँ कार्य समितिका पदाधिकारीहरूको नामावली विवरण काजी थापा मगरले जानकारी गराएका थिए ।

नामवली क्रमशसः

१-अध्यक्षः कमल श्रेष्ठ
२-उपाध्यक्षः श्याम पुन मगर
३-महासचिव दिपक गुरुङ
४-सचिवः राज कुमार बस्नेत
५-सह सचिवः राजराम सुवेदी
६-कोषाध्यक्षः उमेश जोशी
७-सह कोषाध्यक्षः बाल सिँ गुरुङ
८-खेलकुद सचिवः नरेन्द्र घले
९-सह खेलकुद सचिव एल बी राना
१०-ब्यबस्थापन सचिवः धन कुमार राई
११-साँस्कृतिक सचिवः प्रेम क्षेत्री

१२-सदस्यः कृष्ण सुब्बा
१३-सदस्यः दल बहादुर गाहा मगर रहेका छन ।

नयाँ कार्यसमितिलाई प्रमुख अथिति बाट सपथ खुवाई स्वागत तथा शुभकामना दिएका थिए । भने नव निर्वाचित अध्यक्ष कमल श्रेष्ठ लाई प्रतिवद्धता जाहेर अनुमति दिँदै नयाँ जोस र जाँगरका साथ सम्पुर्ण संघ, संस्था संगठनहरू संग समन्वय, सहकार्य एकता कायम राख्नेे निरन्तरता रहने छ भन्दै नवगठित कार्य समितिलाई बधाई तथा शुभकामना दिदै १०औँ महादिवेशन सम्पन्न गरेको छ ।
आगामी दिनमा नवगठित पदाधिकारीहरूले संस्थालाई कसरी अगाडी बढाउने हुन त्यो भने पर्खनै पर्ने हुन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %