कृष्ण सारू मगर
बहराईन, २५ अप्रैल – नेपाली दुतावास बहराईनले २४ अप्रिल २०१५ शुक्रबारका दिन ओमल हसनको रोयल फोनेसिया होटलको सभाहलमा बहराईन सरकारको प्रतिनिधित्व गर्दै एलएमआरएका फुर्गन अनबि, ईमाम शबिब बाहेया अल अरायद, अहमदअल खब्बार, मिनेष्टरी अफ लेवर फातिमा अहमद हुसेन र अल हुसैनको विशेष आतिथ्यमा जनचेतनात्मक तथा प्रशिक्षण कार्यक्रम संपन्न भएको छ ।
सो सचेतनात्मक अन्तरकृयाको औपचारिक कार्यक्रमका सभापतित्व नेपाली दुतावास का.बा.राजदुत मणि प्रसाद भट्टराईले र श्रम सहचारी विश्वराज न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए ।
आयोजक नेपाली राजदुतावास तथा उपस्थित नेपालीहरू, एवं पत्रकारलाई संवोधन गर्दै बहराईन सरकारको प्रतिनिधित्व गरेका एलएमआरए र मिनिस्ट्री अफ लेवरको प्रतिनिधिले संयुक्त रूपमा विषेश जनचेतनात्मक तथा प्रशिक्षण कार्यक्रम सहभागी हुन पाउँदा आफु प्रफुल्ल रहेको बताए । अन्तरकृया कार्यक्रम प्रशिक्षण प्रोजेक्टरको माध्यम द्वारा विविध साँगेतिक तस्विरहरू देखाउँदै अगाडी बडाएका थिए ।
फुर्गनले वेबसाईटको माध्यम बाट पनि बहराईनको बिस्तृत जानकारी लिन सकिने प्रावधान रहेको अवगत गराउँदै कुनै पनि कामदारले एलएमआरएको भिषामा सामन्यतया एक वर्ष पुरा गर्नु पर्ने, तर, अर्को कंपनीमा परिवर्तन गर्न चाहेको खण्डमा सजिलै कम्पनि परिवर्तन गर्न सकिने प्रावधान रहेको बताईन भने अन्य विविध विषयमा पनि जानकारी गराएका थिए ।
मिनिष्टरी अफ लेवरका फातिमा अहमद र हुसेन अल हुसैनले वर्तमानमा भए गरेको बिभिन्न घटना, दुर्घटनाबाट बच्न सकिने विकल्प र समाधानको वारेमा बहराईनको नयाँ कानुनको धाराको उपधारा संबन्धि प्रशिक्षण गराउँदै बहराईनमा रहेका कामदारहरूको आफ्नो हक, अधिकार, न्याय कानुन सम्मत के, कसरी पाउन सकिन्छ भन्दै नयाँ नियम कानुनको पनि विस्तृत जानकारी दिएकी थिईन ।
एलएमआरए र मिनिस्ट्री अफ लेवर संग संवन्धित नेफिनका अध्यक्ष, जयेन्द्र घिसिङ, चितवन सेवा समाजका महिला बिभागिय संयोजक लक्ष्मी गिरी, किराँत याक्थुम चुम्लुङका डिल्ली तुम्सा, गल्फ पलास्टिक कंपनीमा कार्यरत महम्मद खुसदिन, सकृय महिला समाजसेवी कृष्ण कुमारी विष्ट, साथै समाजसेवी साथै तमु समाजका संस्थापक समेत रहेका गम ब. गुरूङ लगायतले विविध समस्याको बारेमा आ-आफ्नो धारणा राखेका थिए ।
प्रशिक्षण कार्यक्रमका संयोजक नेपाली दुतावासका का.बा. राजदुत मणि प्रसाद भट्टराईले यस कर्मभुमि बाट नेपालमा भित्रिने रेमिट्यान्स मध्य बहराईन बाट सातौ स्थान रहेको अवगत गराएका थिए । उनले अतिथि एलएमआरए र मिनिस्ट्री अफ लेवरको प्रतिनिधिहरू संग भने नेपालीहरूको रिपोर्ट हेर्दा लगनशिल, कडा मेहनती, ईमानदार, विश्वासी भएकोले सबैलाई बैधानिकताको बाट अपनाउन अपिल गरे ।
बहराईनमा कार्यरत नेपाली मजदुरहरूको समस्या लाई ध्यानमा राख्दै बहराईन सरकार र संबन्धित निकाय बाट विषेश पहल गर्न/गराउन अहम भुमिका रहनेमा नेपाली दुतावास सतप्रतिसत विश्वस्त रहेको छ ।
अन्तरकृया कार्यक्रमको अन्त्यमा प्रशिक्षक तथा अतिथिगणहरूलाई नेपाली दुतावासले उपहार स्वरूप मायाँको चिनो प्रदान गरेको थियो ।