कृष्ण सारू मगर
बहराईन २३ अप्रैल गएको २२ अगष्ट २०१४ मा भएको हिन्दु धर्मालम्बि नारीहरूको महान पर्व लाई चेम्बर अफ कमर्सको सभाहलमा गुल्मेली समाज द्वारा आयोजित हरीतालिका तीजको पावन अवसरमा सह्योगदाता, कलाकार तथा संचारकर्मीहरू लाई एक विषेश कार्यक्रम गरी २३ अप्रैल २०१५का दिन अदलिया स्थित नेपाली क्लवको सभाहलमा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली क्लवका प्रमुख आतिथि गैर आवासिय नेपाली संघ, महान समाजसेवी गम गुरूङ विषेश अतिथि, र सभाध्यक्ष भिम कुँवरले संयुक्त रूपमा शान्तिका द्धिप प्रज्वलन गर्दै, कार्यक्रम उद्घाटन गरेका थिए । साथै पत्रकार बंधु अन्य विशिष्ट ब्यक्तिहरू, अतिथि रहेको उक्त शुभकामना, भेटघाट तथा स सम्मान कार्यक्रमलाई संचालन सचिव श्रीमती सिमा रेगामीले गरेकी थिईन भने, मनु गुरूङले स्वागत मन्तब्य दिएका थिए, सभाको अध्यक्षता भिम कुँवरले गरेका थिए ।
स्वागत मन्तब्यको क्रममा प्रमुख अतिथिले आफ्ना धारणा राख्दै शुभकामना दिएका थिए भने विषेश अतिथि समेत रहेका समाजसेवी गुरूङगले थप्दै भने, विगत लामो समय देखी यस कर्म भुमी बहराईनमा रहेता पनि उत्साहजनक उपस्थित सहभागी पाहुनहरूको जमघटले आफु जन्म भुमिमा नै रहेको अनुभुति दिलाएको बताए ।
आर्थिक, भौतिक, नैतिक सह्योगदाताहरू एवंम् अहोरात्र खटेर कृयाशिल कलाकारहरू प्रति धैर्य रहेर बस्नु हुने सम्पुर्ण आगन्तु पाहुनागणहरूमा नव वर्ष २०७२को शुभकामना दिँदै यस भेटघाट तथा सम्मान कार्यक्रम विविध प्राविधिक कठिनाईका कारण ढिला हुन गएको बताउँदै उहाँहरू प्रति हृदय देखी नै विषेश धन्यावाद दिँदै कुँवरले आगामी दिनहरूमा यसरी नै पुनः अटुट सह्योग रहने पुर्ण विश्वासका साथ विषेश धन्यावाद दिँदै प्रमुख अतिथि, विषेश अतिथि, समाजसेवी गम गुरूङ लगायत बिशिष्ट ब्यक्तिहरूको सह्योगमा सभाअध्यक्ष कुँवरले सबैलाई क्रमशः स सम्मान पत्र वितरण गर्दै सभाध्यक्ष कुँवरले पहिलो चरणको औपचारिक कार्यक्रम समापन गरेका थिए ।
साँस्कृतिक कार्यक्रम प्रस्तोता वरिष्ठ लोक तथा दोहरी गायक अशिम महत, करन थापा मगर, विश्व विनोद, निर बिरही राना मगर र स्वरकी धनि गायिका सुश्री सरिता दर्लामी मगरको लोक दोहरी गीतले उपस्थित सबैलाई झम, झम नचाउँदै भरपुर मनोरन्जनका साथ गुल्मेली समाज समितिले कार्यक्रमलाई भब्य सम्पन्न गरेको छ ।