भिडियोमा वारचोक गाउ

Read Time:1 Minute, 39 Second

मनोज घर्तीमगर

वारचोक गाउँको बारेमा बनेको गीत ‘खै किन हो किन यो गाऊँ मैल भुल्न सकिन’को भिडियो बजारमा आएको छ ।

 

भिडियो निर्माता ईश्वर गुरुङ र तुलसी गुरुङले आमाको ८३ औँ जन्मदिनको अवसर पारेर शुक्रबार भिडियो सार्वजनिक गरे । पोखरामा बस्दै आएका वारचोकका बासिन्दाहरुमाझ नादा समाज घरमा भिडियो सार्वजनिक भएको हो । प्रेमा गुरुङ र अनुता गुरुङलाई फिचर गरिएको भिडियोलाई कृष्णकुमार गुरुङले निर्देशन गरेका हुन् ।

भिडियोमा लब्शन गुरुङले कोरियोग्राफि गरेका भने प्रकाश गुरुङ ‘काश’ले खिचेका हुन् । सर्वज्ञमान शाक्यले भिडियोको सम्पादन गरेको हुन् । गीत निर्देशक कृष्णकुमार गुरुङ र जिवन परियार मिलेर लेखेका हुन् । गीतमा तेजेन्द्र गुरुङले संगीत भरेका छन् । गाउँको गीतको भिडियो निर्माण सकिएसँगै निर्माता ईश्वर गुरुङले वारचोकबारे डकुमेन्ट्री तयार पार्ने बताए ।

निर्देशक कृष्णकुमार गुरुङले नै डकुमेन्ट्रीको निर्देशन गर्नेछन् भने भुपालकुमार गुरुङले त्यसलाई खिच्नेछन् ।

तस्वीर: जक्शन डटकम

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %