पर्यटकीय गन्तब्य मुस्ताङ्ग, समुदायको एक अध्ययन

Read Time:12 Minute, 18 Second

फोटो फिचर सहित कमल चौधरी

नेपाल प्रकृतिक सम्पदाले भरिपुर्ण राष्ट्रकै उपनामले गर्दा नै आज विदेशी तथा स्वादेशी पर्यटकहरुको मन लोभ्यउन सफल भएको छ ।

 

तराईका समथर भु–भाग ५९ मिटर देखि विश्वको सर्वोच्च शिखर ८ हजार ८ सय ४८ मिटर उचाईमा रहेको सगरमाथाले हाम्रो देश नेपालको शान झनै उचो बनाएको छ । हो, यहाँ विभिन्न किसिमका प्रकृतिक सम्पदाहरु आवलोकन तथा पदयात्रा गर्नको लागि यस हिमाली क्षेत्रमा पर्यटकहरु आउने गरेको पाईन्छ ।

त्यसमाथि यहाँका विभिन्न जातजाति, भाषाभाषि, धर्म, संस्कृतिहरु अवलम्बन गर्ने समुदायका मानिसहरुको बसोबासले गर्दा नै हाम्रो देश विविधतामा एकता छ । यही देशको प्रकृतिक, धार्मिक, सामाजिक तथा संस्कृतिक रीतिरिवजको अवलोकन गर्नका लागि नै देशी तथा विदेशी पर्यटकहरुको झन्–झन् आकर्षण बद्दै गएको पाईन्छ । विश्वमा पाइने अनुकुल मौसम भएको हुँदा नेपाल पर्यटकहरुका लागि राम्रो गन्तब्य स्थल बनेको छ । यी विभिन्न नेपाली समुदायका पहिचान, रीतिरिवाज, भाषा संस्कृतिहरुको संरक्षण हुन आवश्यक छ । जसले गर्दा नेपालीहरुको छुट्टै पहिचानले विश्वमा नै परिचित गर्न मद्दत पुग्नेछ ।

 

हो यही  प्रकृतिक तथा धार्मिक सम्पदाहरुको आवलोकन गर्दै  बुटवल–पोखरा–वेनी –घासा–लेते–मार्फा–जोमसोम – कागवेनी हुदै मुक्तिनाथ पुग्यौं । यही क्रममा त्यहाँको परिवेश वस्तुस्थिति बुफको लागि बुटवल बहुमुखी क्याम्पसको स्नातकोत्तर दोस्रो बर्ष समाजशास्त्र र मानवशास्त्र संकायका ३ जना शिक्षक र १७ जना बिद्यार्थीहरु बुटवलदेखि मुस्ताङको यात्रा गर्ने क्रममा देखा परेका सामान्य बस्तुस्थिति र परिवेशको वारेमा चर्चा गर्न खोजिएको छ ।

धार्मिक तथा संस्कृतिक महात्व

  नेपालका चार धाममध्ये एक मुक्तिक्षेत्र हो । मुक्तिनाथ दर्शन पछि वैकुण्ठवास पाइन्छ भन्ने विश्वास छ । खासमा मुक्तिनाथ विष्णुको मन्दिरमा स्वदेशी तथा विदेशी तिर्थयात्रीहरुको घुईंचो लाग्ने गरेको छ । यस  मन्दिरहिन्दु र बौद्ध मार्गीको साझा तीर्थ पनि हो । हिन्दूका पुजारी र बौद्धका झुमाले आ–आफ्नै परम्पराअनुसार पूजा गर्ने चलन छ । जसले गर्दा यस मुक्तिनाथ मन्दिरको छुट्टै महात्व छ । यसमा मुक्तिनाथ र गुम्बामा झुमाले पूजा र रेखदेख गर्ने गर्छन् ।  ‘मोक्ष प्राप्त हुने पवित्र ठाउँ पनि हो मुक्तिनाथ । मानिसहरु त्यहाँ पाइला राख्नासाथ आफूलाई पवित्र ठान्छन् । तीर्थयात्रीहरु मुक्तिनाथलाई बौद्धमार्गी ‘छुमिङ ग्यात्साँ भन्छन् । तिब्बती भाषाको यो शब्दले ‘सय पानी” भन्ने बुझाउँछ ।

   

पृथ्वी, हावा, पानी, आगो सबैको प्रतिनिधित्व मुक्तिनाथमा पाइन्छ भन्ने जनविश्वस रहेको छ । यस बौद्ध धर्मावलम्बी मन्दिरभित्र ‘ओम् माने पेमेँ’ पुकारी रहन्छन् । जसले गर्दा यी मन्दिर नै गुन्जायमान हुन्छ । मन्दिरको वरिपरि एक सय आठ धाराबाट बगिरहेको चिसो पानीमा दर्शनार्थीहरु नुहाउने गर्दछन् । यहाँ नुहाएमा पाप पखालिन्छ भन्ने जनविश्वास छ । विशेष गरी नेपाल र भरतको मद्रासबाट ठुलो संख्यामा दर्शनार्थीहरु आउने गरेको पुजारी कृष्ण प्रसाद सुवेदी बताउँछन् । उनले दैनिक सिजनमा दुई सय देखि ३ सयको हाराहारीमा दर्शनार्थीहरु आउने गरेको जानकारी दिए । त्यस्तै त्यहाँ ज्वालामाई मन्दिर, कागवेनी तिर्थस्थाल, जोमसोममा बौद्ध गुम्बा लगायतका महात्वपूर्ण धार्मिक स्थलहरु देख्न पाईन्छ ।

पेशा तथा अम्दानीका स्रोत

  हिमाल परिको जिल्ला अर्थात, सबैभन्दा हावा चल्ने ठाउँको रुपमा परिचित मुस्ताङको सदरमुकाम जोमसोममा त्यहाँका मनिसहरुको मुख्य पेशा भनेको पर्यटन व्यावसाय नै हो । उनीहरुको अन्य नेपालीहरुको दाँजोमा उनीहरुको प्रतिव्यक्ति आम्दानी बढी छ । त्यस ठाउँका मनिसहरु आफैमा सुखी–खुशी देखिन्छन् । उनीहरुले विभिन्न किसिमका हातले बुनेका राडीपाखीका कपडाहरु उत्पादन गर्ने गर्दछन् । स्याउँ, बनस्पती जन्य बस्तुबाट विभिन्न किसिमका पेय पदार्थ तथा खानेकुराहरु बनाएर आर्थिक अम्दानी गर्ने गर्दछन् । भने उनीहरु भेडा च्याङ्ग्राहरु पाल्ने गरेको पाईन्छ । खेतिका रुपमा जौ, गोहुँ, आलु लगायतको खेतीपाती गर्ने गरेको पाईन्छ जसबाट उनीहरुले मनग्य आम्दानी गर्ने गर्दछन् । मने रोजगारीको  लागी युवा पुस्ताहरु विदेश तथा भारतका विभिन्न ठाउँहरुमा जाने गरेको पाईन्छ ।

भौगोलिक अवस्था र हावापानी

  मुस्ताङ्ग जिल्लामा बह्रै महिना निकै चिसो हुने गर्दछ । सदाबहार हिउँ  र चिसो हुनाले चिसोबाट बच्नको लागि यहाँका मानिसहरु बाक्लो कापडाहरु लगाउने गर्दछन् । जोमसोम अन्नपूर्ण हिमशृङखलाको उत्तरपट्टी रहेको हुनाले यहा“ अत्यन्त कम मात्रामा पानी पर्दछ । उच्च हिमाली भेक भएको हुनाले दिउँसोको समयमा जोमसोम लगायतका स्थानहरुमा उच्च बेगले हावा बहने गर्दछ । यसैले पनि मुस्ताङलाई नेपालको मरुभुमिको रुपमा पनि चिन्ने गरिन्छ ।

जातजति , प्रर्थ र पराम्परा

  यस  क्षेत्रमा विशेष रुपमा थकाली, गुरुङ्ग विष्ट लगायतका समुदायका मानिसहरुको बहुल्यता रहेको पाईन्छ । भने हिमाली क्षेत्र भएपनि शेर्पाको बहुल्यता निकै कम छ भने अन्य जातिहरु ब्राह्मण, क्षेत्री लगाएतको समुदायको बसोबास छैन । त्यस्तै दलित समुदायको नगन्य मात्रामा बसोबास छ । मुस्ताङ्ग जिल्लामा गुरुङ्ग र थकाली समुदायका केटाकेटीनै अन्य जाति समुदायका केटाकेटी तुलनामा शिक्षित देखिन्छन् । स्थानिय बासिन्दा २६ बर्षीय दावा गुरुङ्गले आफूले लगाएका कपडाहरु र घरसफा गर्ने हो भने लक्ष्मी जाने परम्पराले रहेको बताउँछन् । उनी अहिले मुक्तिनाथ दर्शनार्थीहरुलाई घोडाबाट मन्दिरसम्म लैजाने  ल्याउने गर्छन् । यसरी नै सरसफाई गर्दा अलिक्षिन हुने जनविश्वास रहेको छ । पछिल्लो समयमा यो शिक्षाको प्रभावसँगै परिवर्तन हुदै गएको पाईन्छ भने यहाँ अझै पनि मुखिया प्रथा रहेको पाईन्छ । गुरुङ्ग, शेरचन, विष्ट समुदायमा यस जिल्लामा मुखिया प्रथा रहेको स्थानिय आगुवाहरु बताउँछन् । उनीहरुले अझै मुस्ताङ्गका प्रत्येक गविसहरुमा यो प्रथा जिवितै रहेको बताए । साथै उनिहरुले समाजमा कुनै किसिमको विकृति, विसंगतीहरु नफैलाई समुदायमा विकास निर्माणको लागि मुखिया प्रथा जायज रहेको टिप्पणी गर्छन्  व्याक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नको लागि कुनै एउटा व्यक्तिले नै नेतृत्व गर्नुपर्ने भन्दै मुखिया प्रथा राम्रो रहेको स्थानीबसी बताउँछन् । त्यस्तै विभिन्न जातजाति समुदायहरुले अफ्नै रितिरिवाज पराम्परा अनुसार समाजिक, धार्मिक, संस्कृतिक , जन्म, मृत्यु संस्कारहरु गर्ने गर्दाछन् ।

यातायात तथा संचार

  पछिल्लो समयमा मुस्ताङको मुक्तिनाथ सम्म पुग्नको लागि सडक यातायातको सुविधा भएको हुँदा दर्शनार्थीहरु बढेको पाईन्छ । सडक यात्रा गर्दा साँगुरो, रोमाञ्चपुर्ण सडक यात्राले यस मुस्ताङ जिल्लामा जो कोही पुग्ना निकै अतुर हुन्छन् । यसरी जोमसोम गुम्वा, मुक्तिनाथ मन्दिर जानको लागि पोखरा, म्याग्दी, बेनी, तातोपानी, घासा, लेते मर्फा हुदै जोमसोम पुग्न सकिन्छ । जोमसोम देखि पैदल ४ घण्टा र जिपबाट ३० मिनेटको यात्रापाछि मुक्तिनाथ  मन्दिरमा पुग्न सकिन्छ । हिमाली जिल्ला भएपनि त्यहाँ प्राय सबैठाउँहरुमा संचार र विद्युतको सुविधा पाउन सकिन्छ । त्यस्तै जोमसोममा जोमसोम एअरपोर्टले त्यस ठाउँमा पुग्नको लागि झनै सहज बनाएको छ । तर मुस्ताङ्गमा सिन्डीकेत यातायात सिस्टमले भने पर्यटकहरुलाई कठिन हुने गर्दाछ । मुक्तिनाथसम्म पुग्नको लागि तीन ठाउँ बेनी, घासा, जोमसोममा बसहरु बदल्नुपर्ने हुँदा केही पर्यटकहरुलाई कठिनाईहरु झेल्नु परेको छ ।

निष्कार्ष

 

(लेखक कमल कमल चौधरी मुस्ताङमा)

नेपाल बहुजाति बहुभाषिक विविधता भएको मुलुक हो । त्यसैमा प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र संस्कृतिक एवम कलात्मक विशिष्टताका कारण पर्यटकहरु आकर्षित हुने गर्दाछन् ।

यसरी देशका विभिन्न जात–जाति समुदाय धर्म संस्कृति,परम्पराहरुको संरक्षण गर्दौ राज्यले गुणात्मक पर्यटनको विकासमा ध्यान दिन जरुरी छ । यसका लागि आवश्यक भौतिक, प्राविधिक पूर्वाधारको विकास, वातावरण संरक्षण, नयाँ–नयाँ आकर्षक पर्यटन स्थलहरुको विकास, सेवा सुविधामा गुणस्तरहुनु आवश्यक छ ।

(फोटो:कमल चौधरी,उनि बुटवल बाट प्रकाशित अर्धसाप्ताहिक सँघिय एक्सप्रेसका सहसम्पादक तथा खोज पत्रकारीताका बिध्यार्थी हुन)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %