स्व.वीरबहादुरको परिवारलाई बहराईन बाट सह्योग

Read Time:3 Minute, 7 Second

कृष्ण सारू मगर

  बहराईन ,२१ अप्रैल – वीरबहादुर भण्डारीले सुनौलो भविश्यको सपना बोकेर रोजगारीको शिलशिलामा बहराईनको सनाद स्थित अल सोनार सेक्युरेटी कंपनीमा बिगत ५ वर्ष देखी कार्यरत थिए ।

स्थाई घर भई हाल गौरादह-६ झापा निवासीका बुबा कुवेरसिँ भण्डारी आमा हिमा मायाँ भण्डारीका कान्छा छोरा वर्ष ४० का स्व. वीर बहादुर भण्डारी गत २३ डिसेम्बर २०१४ का दिन उच्च रक्तचापका कारण सल्मानिया अस्पतालमा देहान्त भएको थियो।

पारिवारिक श्रोतका अनुसार मृतक भण्डारीका एक श्रीमती अम्बिका भण्डारीको साथमा दुई छोरा र दुई छोरी रहेको साथै उनिहरूको आर्थिक स्थिति पनि निकै दयनिय रहेको प्रारम्भिक श्रोत अनुसार यस समाजलाई जानकारी भएको थियो ।

  सोही बमोजिम बिलौनामा डुबेका शोकाकुल परिवारको लागी केही राहत होस् भन्ने हेतुले झापाली युवाहरु अगाडी बढेका थिए । झापाली समाजको पहलमा बहराईन स्थित समाजिक अवधारणाबोकी स्थापित सबै संगठन साथै बिभिन्न कंपनीमा कार्यरत स्वदेशी तथा बिदेशी मजदुरहरूको सह्योगमा रकमसंकलन गरिएको थियो । 

संकलित रकम लाई झापाको बिर्तामोड स्थित विविसी नेपाली सेवाका उमाकान्त खनाल र ब्लास्ट टाईम्स दैनिक पत्रिकाका संपादक प्रेम कुमार आचार्य साथै स्थानिय भद्रभलाद्मी हरूको रोहबरमा मृतकका श्रीमति अम्बिका भण्डारीलाई १९ अप्रैलका दिन सस्थाका सचिव निलकण्ठ अधिकारीले नेरू ७०,०००।- (सत्तरी हजार मात्र) हस्तान्तरण गरेको समाजका संस्थापक अध्यक्ष मनोज पौडेलले राज्यसत्ता डटकम लाई जानकारी दिए ।

मृतकका परिवारलाई निम्न संगठनहरुले सहयोग गरेका छन ।
 लुलु नेपाली समाज -६०
 झापाली युवा समाज -३४
 लालीगुराँस सेवा समाज -२४
 चितवन सेवा समाज -२१
 जनप्रगतिशिल मोर्चा -२१
 म्याग्दी उद्दार समाज -१६
 गैर आवासिय नेपाली संघ -१५
 मगर संघ -१५
 खोटाङ जनकल्याणकारी समिति -१३
 पाल्पाली समाज -११
 किरात याक्थुङ चुम्लुङ -११
 गुल्मेली सेवा समाज -११
 बाग्लुङ समाज -१०
 सिताराम खरेल -५

फोटो:- रबिन न्यौपाने

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %