न्यायाधीश नियुक्ति समानुपातिक गर : संसदीय सुनुवाई समिति

काठमाडौँ, ३ माघ ।

 संसदीय सुनुवाई विशेष समितिको आजको बैठकले न्यायाधीश पदमा नाम सिफारिस गर्दा संवैधानिक प्रावधानअनुरुप प्रस्ताव गर्न न्यायपरिषद्को ध्यानाकर्षण गराएको छ ।

 समितिले नेपालको अन्तरिम संविधानमा “मुलुकको राज्य संरचनाका सबै अङ्गमा मधेसी, दलित, आदिवासी जनजाति, महिला, मजदुर, किसान, अपाङ्ग, पिछडिएका वर्ग र क्षेत्र सबैलाई समानुपातिक समावेशीको आधारमा सहभागी गराउने” भन्ने उल्लेख भएको जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %