अब राष्ट्रिय जनमुक्ति पार्टीको बिदेश संगठनमा हिमालयन अर्गनाईजेशनको ठाउमा जनमुक्ति मंचले काम गर्ने ।
कमान सिङ्ग (कर्मा पहाडी) शेर्पा
बेलायत,१९ अप्रिल – बेलायतको फान्ब्रो स्थित इलेस हलमा १८ अप्रिल २०१५ सनिबारका दिन राष्ट्रिय जनमुक्ति पार्टीको भात्री संगठन बिदेश बिभागको जनमुक्ति मंच बेलायतले बार्षिक साधारण सभा तथा बार्षिक दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रम सस्थाका सस्थापक अध्यक्ष भरत थापाको प्रमुख अथिति ,बिषेश अथितिमा आदिबासि जनजाति महिला महासंघका अध्यक्ष कमला थापा, अथितिहरुमा संघिय समाजबादी पार्टी बेलायतका बरिस्ट उपध्यक्ष जंग सुनुवार, जनजाती महासंघका महासचिब नरेश कांगमांग राई , ललितपुर जिल्लाका मगर महिला संघका पूर्व अध्यक्षा श्री कुन्ता थापा मगर थिए ।
प्रमुख अथिति ,सभाध्यक्ष,बिषेश अथिति र अतिथीहरुले संयुक्तरुपमा दियोमा बत्ति बाली कार्यक्रम उध्घाटन गरेका थिए ।
सस्थाका अध्यक्ष थर्क रानाको अध्यक्षतामा उपाध्यक्ष हिमाली रानाले सम्पूर्ण अथिति लाई खादा लगाई दिएका थिए भने बरिस्ट उपाध्यक्ष प्रेम तामांगले स्वागत मन्तब्य र कार्यक्रम संचालन महासचिब कमान सिङ्ग (कर्मा पहाडी) शेर्पाले गरेका थिए।
कार्यक्रम दुई चरणमा सन्चालन गरिएको थियो । पहिलो चरणमा जनमुक्ति मंच बेलायतको पाँच वटै साखा र केन्द्रिय समितिको संयुक्त बैठक र साधारण सभा बसेको थियो । बैठकले राष्ट्रिय जनमुक्ति पार्टीको भात्री संगठन बेलायत दि: हिमालयन अर्गनाईजेशन लाई जनमुक्ति मंचमा तत्काल लागु हुने गरि सर्ब सम्मतले पारित गरेको छ ।
बैठकले राष्ट्रिय जनमुक्ति पार्टी भात्री संगठन नेपाली जनसरोकार मंच साइप्रसको अधिबेसनको समेत समिक्षा गरेको थियो । बैठकले महासचिब कमान सिङ्ग (कर्मा पहाडी) शेर्पा र उपाध्यक्ष पदम गाहा मगरलाई नेपाली जनसरोकार मंच साइप्रसको सल्हाकारमा मनोनयन गरेको छ । समितिको बैठकले महासचिब कर्मा पहाडी र कोषाअध्यक्ष मित्र थापाको बार्षिक प्रतिबेदन समेत पारित गरेको छ ।
कार्यक्रमको दोष्रो चरणमा :
पासांग छिरिङ्ग शेर्पा,कुन्ता थापा, धनबहादुर थापा सेतुमान राई आदि नेकपा एमाले र विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनमुक्ति पार्टीमा प्रबेस गरेका छन् । उनिहरुलाई
राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रिय परिषद सदस्य कमला थापा , निवर्तमान अध्यक्षा भरत थापा र अध्यक्ष थर्क रानाले खादा लगाई पार्टीमा प्रबेस गरायका थिए ।
उपाध्यक्ष पदम गाहा मगरले बार्षिक कार्यक्रमको अबधारणा प्रस्तुत गर्नुका साथै अहिले देश संगकटमा जानलागेको बताउदै अब चिन्तन मनन गर्नु भन्दा परिस्थिति लाई नजर अन्दाज गरि सचेत रहनु पर्ने समय आएको बताएका थिए ।
जनजाती महासंग बेलायतका महासचिब नरेस कांगमांग राईले बिश्व भरिका जनजातीहरु मात्रै नभई विभिन्न संघियबादी पार्टीहरु एक आपसमा लचकता अपनाउदै एकहुनुपर्ने आजको आबस्यकता आफुलाई महसुस भएको बताउदै, र जस्कोलागी पार्टीको केन्द्रहरुले मात्र नभई भात्री संगठनहरुले पनि आफ्नो ठाउँ बाट केहि भूमिका निभाउन आग्रह गरेका थिए ।
शुभकामना दिने अन्य अतिथीहरुमा कमला थापा,दुत पुन, जंग सुनुवार ,होम सुनुवार,यांग्काबहादुर आले,कर्ण बहादुर दर्लामी ,यामबहादुर लिम्बु ,कुन्ता थापा, बम सुर्यबंसी मगर, भरत थापा लगायतले सफल्ताको शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रमको बिच-बिचमा क्याप्टेन बिरबहादुर थापा र कर्मा पहाडीले विभिन्न आधुनिक नेपाली मिठा लोक गीतहरु गाएर मनोरन्जन दिलाएका थिए ।