मनोज घर्ती मगर
हङकङमा रहेका नेपालीहरुले गीतकार सुक गुरुङलाई उपचारका लागी सहयोग गरेका छन् । मधुमेह र उच्च रक्तचापबाट ग्रसित सुकलाई ४ लाख २८ हजार रुपैया“ सहयोग गरिएको हो । समाजसेवी कुलप्रसाद गुरुङले संकलित रकम सुकलाई हस्तारन्तण गरेको बताए । ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आखैमा झझली, भाईटिकामा भेट्न आउला, अरुण लामाको स्वरमा रहेको दोष कसैलाई दिन चाहन्न लगायत थुप्रै गीतका रचनाकार एवं संगीतकार सुक गुरुङ काठमाडौंमा उपचार गराइरहेका छन् ।
गीतकार गुरुङ लामो समय नेपथ्य ब्याण्डमा थिए । नेपाली संगीत क्षेत्रमा थुप्रै गीतहरुको रचना साथै संगीत भरेका गुरुङका अन्य गीतहरु संगै ईशारा भाग १, भाग २ लगायतका गीती एल्बमहरु बजारमा आएका छन् ।