सेयरमा लगानी किन गर्ने ?

Read Time:3 Minute, 39 Second

निश्चल काउचा

नेपालमा विस १९९३ मा बिराटनगर जुट मिल्स र नेपाल बैक लिले सेयर निष्काशन गरेर सर्वसाधारणवाट पुजी संकलन गर्ने काम सुरु भएको थियो । हाल नेपाल स्टक एक्सचेन्जमा २२७ वटा कम्पनीहरु सुचिकृत भएर कारोबार गरिरहेका छन् । सेयर बजार भनेको थोरै पैसा भएका व्यक्तिलाई पनि धेरै नाफा कमाउने र ठूला कंपनीमा लगानी गर्ने वातावरण बनाउने संयन्त्र हो । अर्थात् सेयर बजारमा सूचीकृत गरिएका कम्पनीमा लगानी गरेर सानो पुँजीको लगानीकर्ता ठूलो कम्पनीको अंशियार बन्न सहयोग गर्ने पुलको काम गर्ने माध्यम हो ।
आफैँले लगानी गरेर कमाएको रकमबाट मुस्किलले १० देखि १५ प्रतिशत नाफा कमाउन गाह्रो हुन्छ तर नाफामूलक कंपनीमा लगानी गरेको छ भने त्यसबाट २५–५० प्रतिशत सम्म पनि प्रतिफल पाउनसक्ने संभावना हुन्छ । नेपालमा सेयर बजारमा लगानी गर्ने चलन सुरु भएको लामै समय भइसकेको भए पनि जनसाधारणमा ज्ञानको अभावले गर्दा लगानी गर्ने चलन भने अझै प्रभावकारीरूपमा सुरु भएको छैन तर पछिल्लो समय सेयरमा लगानी गरेर सम्पत्ति बढाउन सकिन्छ भन्नेहरुको संख्या बढेको छ । जसले सेयर बजारको महत्व बुझेर लगानी गरेका छन्, उनीहरुले मनग्ये कमाएका पनि छन् । उनीहरुका लागि सेयरको लगानी सुनको अण्डा पार्ने कुखुरामा गरिएको लगानीजस्तै भएको छ ।
केही समय अघि बरुण हाइड्रोले सर्वसाधारणका लागि चार करोड रुपैयाँको सेयर निष्काशन गरेकोमा सय गुणा बढी अर्थात ४ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो । यसबाट के पुष्टि हुन्छ भने पछिल्लो समयमा सर्वसाधारणले सेयरको महत्व बुझ्दै गएको छन् भन्ने देखिन्छ ।
दश वर्षअघि चिलिमे जलविद्युत २२.१ मेगावाट आयोजनामा एक लाख रुपैयाँ सेयर लगानी गर्ने लगानीकर्ताले हालसम्म ३५ लाख रुपैयाँ भन्दा बदि प्रतिफल हात पारेका छन् । त्यसबेला सय रुपैयाँ दरका एक हजार कित्ता सेयर किन्ने लगानीकर्तासँग अहिले १५ सय ९८ कित्ता सेयर छ । १० वर्षको अवधिमा कम्पनीले सेयरधनीलाई दिएको नगद लाभांश र बोनस सेयरमात्रै पनि लगानीको भन्दा ३५ गुणा बढी छ ।
चिलिमेको यो तथ्यांकले सेयरको लगानी सुनको फुल पार्ने कुखुराजस्तै भएको पुष्टि गर्छ । उसो त बाह्र वर्षअघि अरुण भ्याली हाइड्रोपावर ३ मेगावाटमा एक लाख रुपैयाँ सेयर लगानी गर्ने सेयरधनीले ९ गुणा बढि कमाएका छन् ।
विद्युत आयोजनामा गरिएको लगानी सुरक्षित हुने र विद्युत उत्पादन हुन थालेपछि निरन्तर आम्दानी हुने भएकाले पनि यस्ता आयोजनामा सेयर हाल्नेहरुको आकर्षण बढेको बताईन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %