कृष्ण सारू मगर
बहराईन १२ अप्रैल – गएको १० अप्रिल २०१५ शुक्रवारका दिन चितवन सेवा समाजका अध्यक्ष क्षेत्र प्रसाद देवकोटाले एक कार्यक्रम बिच वर्ष २०७२ को भित्ते पात्रो लोकार्पण गरे ।
समाजले विशिष्ट ब्यक्तित्वहरू बिच भित्ते पात्रो लोकार्पण गर्दै विभिन्न खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रम गरी भब्य रूपमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको अध्यक्षता क्षेत्र प्रसाद देवकोटा,स्वागत मन्तब्य सन्तोष श्रेष्ठले र सञ्चालन शुधिर श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा सबैले उपस्थित पाहुनाहरुले एक आपसमा नयाँ वर्ष २०७२ को शुभकामना आदान-प्रदान गरेका थिए ।
कार्यक्रममा बिभिन्न मनोरन्जनात्मक खेलहरु पनि खेलाईएको थियो । उक्त खेल्मा अर्जुन दुलाल र सपना शेर्पा (जोडी दौड प्रतियोगिता) ,बिक्रम मल्ल (३०० मीटर दौड पुरूष),यकिना गुरुंग (कुर्ची चाल खेल) र धूर्व नाथ आचार्य (घैँटो फोर खेल) मा बिजय भएका थिए । बिजेताहरू लाई मायाँको चिनो स्वरूप समाजको लोगो अंकित पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा सन्तोष श्रेष्ठले साँस्कृतिक कार्यक्रम संचालन गरेका थिए । साँस्कृतिक कार्यक्रममा पुरूष तर्फ कलाकार करन थापा मगर, विश्व विनोद र अशिम महत, थिए भने महिला तर्फ लक्ष्मी कँडेल यकिना गुरूङले लोक दोहरी गीतमा झम-झम नचाउँदै उपस्थित सबै पाहुनाहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।