बहराईनमा पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुँदै

Read Time:2 Minute, 37 Second

कृष्ण सारू मगर

बहराईन, ११ अप्रैल – आँसुसेन फिल्म प्रोडक्शनको आयोजना तथा नेपाली क्लव बहराईनको विषेश सहयोगमा नेपाली कथानक चलचित्र पहिलो सो प्रदर्शन गर्ने जनाएको छ ।  

  फिल्म चंखे, शंखे, पंखे लाई यही आउँदो १७ अप्रैल २०१५ शुक्रबारका दिन बहराईन स्थित इन्डियन क्लवको सभाहलमा हुने प्रवन्ध निर्देशक सन्तोष सेनले जानकारी दिए ।

कुशल निर्देशकका रुपमा परिचित सुदर्शन थापा द्वारा निर्देशित उक्त चलचित्रमा मुख्य नायिका पूजा शर्मा तथा स्वयं निर्माता निर्देशक सुर्दशन छन । अन्य कलाकारमा सुवास थापा, प्रेम पुरी, नन्दिता केसी, प्रमोद अग्रहरी सहितका कलाकारहरूले उक्त फिल्ममा महत्वपुर्ण भुमिका निभएका छन ।

खास गरी नेपाली राष्ट्रिय मौलिकता लाई विषेश ध्यानमा राखी समसामहिक बिषय वस्तुहरूको माध्यम द्वारा हाँस्य ब्यङ्ग्यको प्रस्तुति मार्फत सामाजमा भए गरेका तितो यथार्थ बिषय वस्तुलाई सम्वोधन गरी चंखे, पंखे, शंखेको रूप धारण गर्दै बहराईनमा प्रथम पटक प्रदर्शनले यसरी नेपाली कथानक चलचित्रले दर्शक तथा शुभेच्छुक माझमा निकै कौतुहलता छाएको छ ।

  प्रदर्शन निकै उत्साहका साथ तैयार सहित तिथि, मिती सार्वजनिक गरेको चंखे यूनिटले सामाजिक सेवाभावका साथ जनचेतनात्मक संगै भरपुर मनोरञ्जन तथा राष्ट्रियताको गहन बिषय लाई समेटिएको समसामहिक प्रस्तुति समेत रहने च्यारिटी कार्यक्रमले आफ्नो अहम भुमिका रहने बताउने भन्दै तीन सो प्रदर्शन गर्ने बारेमा कृष्ण हमाल ठकुरी र बिक्रम मल्लले सार्वजनिक गरेको श्रोत बाट खुल्न आएको छ ।

तपशिल समय र स्थान:-
मिती:- १७ अप्रैल २०१५ शुक्रबार
स्थान:- इन्डियन क्लव बहराईनको सभाहल
समय:- बिहान ठिक ११ बजे देखी
प्रवेश शुल्क:- सह्योगार्थ बिडी- ५/- मात्र

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %