बहराईन दुतावासको पहलमा जनचेतनात्मक प्रशिक्षण सम्पन्न

Read Time:3 Minute, 30 Second

कृष्ण सारू मगर

  बहराईन, ११ अप्रैल – नेपाली दुतावास बहराईनको तत्वावधानमा आयोजित विभिन्न संघ, संस्था, संगठन, भद्रभलाद्मी, समाजसेवी पत्रकारलाई भेला गरी दुतावासले बृहत छलफल तथा अन्तरकृया कार्यक्रम संपन्न गरेको छ । सो छलफल तथा अन्तरकृयाको औपचारिक सञ्चालन दुतावासका श्रम सहचारी विश्वराज न्यौपाने बाट भएको थियो भने, संघ संस्थाका प्रतिनिधिहरूले आ-आफ्नो धारणा राखेका थिए ।

नेपाली दुतावासको पहलमा यहि आउँदो २४ अप्रिल २०१५का दिन साँझ ४ बजे ओमल हसनको रोयल फोनेसिया होटलमा बहराईन सरकारले चेम्वर अफ कमर्स, एलएमआरए र मिनिस्ट्री अफ लेवरले संयुक्त रूपमा विषेश जनचेतनात्मक तथा प्रशिक्षण कार्यक्रम बहराईन स्थित समाजिक अवधारणा बोकी स्थापित आधिकारिक संघ, संस्था, संगठनमा आवद्ध २ जना प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा सहभागीताको लागी नेपाली दुतावासका श्रम सहचारी न्यौपानेले सार्वजनिक गरेका थिए ।

सोही क्रममा दुतावासका कावा राजदुत महामहिम मणि प्रसाद भट्टराईले नेपाल परराष्ट्र मन्त्रालयको पत्राचार अनुसार स्थानिय गैर आवाशिय नेपालीहरूको माध्यम द्वारा बहराईन र नेपालको उधोगिक ब्यापार लाई तिब्र गतिमा लैजानका लागी चेम्वर अफ कमर्स संगको द्धौत्य संवन्ध प्रगाढ बनाउनका लागी गैर आवाशिय नेपाली संघले अविलम्व छिटो तर, निज ब्याक्ति कुनै पनि राजनैतिक पार्टीमा आवद्ध नरहेको हुनु पर्ने निश्वार्थ भावनात्मक हुनु पर्ने सुझाएका थिए ।

यहाँ प्रतिदिन घटना दुर्घटना बढ्दै गैरहेको हुँदा राहत कोषलाई संघकै प्रत्यक्ष निगरानीमा नेपालीहरूलाई आकस्मिक उत्थान उद्धारमा प्रत्यक्ष सह्योगार्थ आर्थिक राहत कोषको संयोजक नेपाली दुतावास नै रहने गरी स्थापना गर्नका स्थानिय तहमा हुने विविध समस्या समाधानका निमित्त एउटा कमिटी गठन गर्न सुझाएका छन ।

राजदुत भट्टराईले थप्दै भने वर्तमान परिस्थितिमा संवन्धित विभाग बाट प्राप्त नेपाल सरकारको पत्राचार लाई अनुशरण गर्दै तीन पुस्ता नाता प्रमाणित बाहेक प्राप्त अन्य भिषा लाई स्विकृति नभएको अवगत गराउँदै नेपालीहरूको विविध समस्यालाई ध्यानमा राखी अनुसाशित र संयमित भै महत्वपुर्ण संवन्धमा सूचनाका लागी अफिसियल वेबसाईट बाट पनि प्रावधान रहेको बताउँदै कार्यक्रम संपन्न भएको थियो ।

 

 


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %