बेलायती राजकुमार ह्यारी र गोर्खाहरु बीच पुनः भेटघाट

Read Time:2 Minute, 50 Second

रोशन मेवाहाङ

लण्डन चैत २८ । बेलायती राजकुमार ह्यारीले अफगाननिस्तानको युद्धभूमिमा संगै काम गरेका गोर्खाहरु संग २०० बर्ष पुगेको सोर्णिम घडिको विशेष समारोहमा सरिक भई गोर्खाहरु संग भेटघाट गर्ने भएको छ । राजकुमार ह्यारीले सन् २००७ र २००८ सम्म अफगानिस्तानको हेल्मण्ड प्रान्तमा गोर्खाहरु संग रहदा एयर कन्ट्रोलरको जिम्मेवार सम्हालेका थिए । अफगानिस्तानको युद्धभुमिमा सँगै काम गरेका गोर्खाहरु संग पुन भेटघाट गर्न राजकुमार ह्यारी उत्साहीत छन । गोर्खाहरुले बेलायत सैनिक भएर सेवा गर्न थालेको २०० वर्ष पुगेको अवशरमा आउने जुन महिनामा हुन लागेको द्विसतावार्षिकी समारोहमा राजकुमार ह्यारी मात्र हैनन बेलायती महारानी एलिजावेथ दोश्रो, उनका पति डुयुक अफ एडिनवरा र युवराज चाल्र्स समेत उपस्थित रहने बेलायती अनलाईन खबरले जनाएको छ ।
राजकुमार ह्यारीले गोर्खाहरु संग अफगास्तिानको युद्धभूमिमा विताएको दुई महिनाको समय अवधि जिवनकै अविस्मरणिय र सुखदक्षण मध्य पर्ने विगतबाटै बताउदै आएका छन । ह्यारीले गोर्खाहरुको साथमा हुदा जतिको सुरक्षित अरु कोहि कसै संग नहुने समेत बताएका थिए । कन्स्पिसियस ग्यालान्ट्री क्रस सिजिसी पदक समेत पाएका सार्जेन्ट दीपप्रसाद पुन अफगानिस्तानमा राजकुमार ह्यारीसित काम गर्न पाएकोमा आफुलाई भाग्यशाली भएको बताउँछन् । गोर्खाहरु सन् १८१४ देखि बेलायती सेनामा सेवारत छन् । अंग्रेज – नेपाल युद्धका क्रममा गोर्खाहरुको आदम्य साहस, बहादुरी र निडरपनबाट अंग्रेज अफिसरहरु प्रभावित भएपछि युद्धविराम गरी गोर्खाहरुलाई आफ्नो सेनामा भर्ती गरेको ईतिहासमा पाईन्छ । त्यस समय यता गोर्खाहरुले भाग लिएको लडाइँहरुमा बेलायतको तर्फबाट सम्मानित गरिने सवै भन्दा प्रमुख पदक भिक्टोरिया क्रस नै गोर्खाहरुले १३ वटा प्राप्त गरिसकेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %